नेपाली सेना र US Pacific Command को विशेष फौजबीच संयुक्त प्याराजम्प अभ्यास सम्पन्न

१.    नेपाली सेनाको विशेष फौज तथा पृतना अन्तर्गतका फौज र US Pacific Command को विशेष फौजबीच पूर्व निर्धारित कार्यक्रम अनुसार संचालन भईरहेको संयुक्त तालिम तथा अभ्यासको दौरान आज मिति २०७० कार्तिक १० गते सिमरामा संयुक्त प्याराजम्प अभ्यास सम्पन्न भएको छ ।
२.    सन् २००३ देखि बार्षिक रुपमा यस किसिमको कार्यक्रम संचालन हुंदै आई रहेको छ । हाल संचालन भई रहेको यस अभ्यास तथा तालिमका विभिन्न श्रृखंलाहरुमध्ये सिमरामा सम्पन्न भएको संयुक्त प्यारा–जम्प ९एबचब व्गmउ० अभ्यासमा नेपाली सेनाका ३३ जना र अमेरिकी सेनाका ५ जना सहभागी भएका थिए । उक्त जम्प पश्चात दुवै फौजबीच एबचब ध्ष्लन भ्हअजबलनभ कार्यक्रम समेत सम्पन्न भएको थियो । ऋज्ञघण् जहाजबाट गरिएको उक्त अभ्यास यस तालिम कार्यक्रमको सिलसिलामा पहिलो पटक भएको हो । यस प्रकृतिको संयुक्त तालिम तथा अभ्यासले सैनिक युद्धकलाको अलावा मानविय सहयोग तथा विपद् व्यवस्थापन ९ज्गmबलष्तबचष्बल ब्ककष्कतबलअभ ७ म्ष्कबकतभच च्भकउयलकभ० क्षमतामा अभिबृद्धि भएको छ ।
३.    यस किसिमको संयुक्त तालिम तथा अभ्यासहरुले केवल नेपाली सेना र अमेरिकी सेनाबीचको सम्बन्धलाई मात्र प्रवद्र्धन नगरी नेपाल र अमेरिकाबीचको द्धिपक्षिय पारस्परिक सम्बन्धलाई समेत प्रगाढ एवं सुदृढ गर्न मद्दत पुग्नेछ । साथै भविष्यमा हुन सक्ने ठुला विपद्हरुमा मानविय सहयोग तथा विपद् व्यवस्थापन जस्ता महत्वपूर्ण कार्यहरुलाई प्रभावकारी ढंगले संचालन गर्न मद्दत पुग्ने विश्वास लिईएको छ ।