अतिरथी तथा महारथी (अ.प्रा.) श्री नीर शम्शेर ज.व.रा. को स्वर्गारोहण

१.    वि.सं.१९७० साल पौष ११ गते ललितपुरमा जन्मिनु भई वि.सं. १९८८ श्रावण १ गते  नेपाली सेनामा प्रवेश गरी २०२२ साल बैशाख १५ गते नेपाली सेनाबाट सेवा निबृत्त हुनु भएका  अतिरथी तथा महारथी (अ.प्रा.) श्री नीर शम्शेर ज.ब.रा.को १०० वर्षको उमेरमा आज मिति २०७० कार्तिक १० गते वीरेन्द्र सैनिक अस्पतालमा उपचारको क्रममा स्वर्गारोहण भएको छ । वहां तत्कालिन श्री ३ महाराज जुद्धशम्शेर राणा र मुमा कृष्णकुमारी राणाका कनिष्ठ सुपुत्र हुनुहुन्थ्यो ।
२.    वि.सं. १९८८ साल श्रावणमा श्री पशुपति प्रसाद गणमा सोझै मेजर पदमा नियुक्त भई  नेपाली सेनामा सेवा सुरु गर्नु भएका श्री राणाले बर्दबहादुर गणको गणपति तथा वि.सं.१९९६ सालमा कालीबहादुर गणको गणपति भई दोश्रो विश्वयुद्धमा Northwest Frontier Province तथा बर्मा फ्रन्टमा काम गर्नु भएको थियो । त्यसैगरी, वि.सं.२००० देखि वि.सं.२००२ साल सम्म विश्वयुद्धमा Northwest Frontier Province को हे.क्वा. रावलपिण्डीमा पुरानो गोरख गण, भैरवनाथ गण तथा शम्शेर दल गणकोLiaison officer भई काम गर्नु भएको थियो । त्यसैगरी, वि.सं.२००२ देखि वि.सं.२००३ साल सम्म सर्वाेच्च न्यायालयमा न्यायाधीश, वि.सं.२००५ देखि वि.सं.२००६ सम्म मधेश–पहाड रिपोर्ट निक्सारीको मुख्य अधिकृत, वि.सं.२००९ सालमा नेपाली सेनाको Adjutant General