श्री सैनिक श्रीमती संघको ३० औं वार्षिकोत्सव सम्पन्न

१.    मिति २०७० कार्तिक २४ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को प्रमुख आतिथ्यमा सैनिक श्रीमती संघको ३० औं वार्षिकोत्सव कार्यक्रम श्री त्रिभुवन आर्मी अफिसर्स क्लबस्थित सभामण्डपमा सम्पन्न भएको छ । 

२.    कार्यक्रममा प्रमुख अतिथिज्यूबाट सैनिक श्रीमती संघको मुखपत्र ‘सेवा सुमन’ ३० औं अङ्कको विमोचन, बहालवाला तथा भु.पू. सैनिकका जेहेन्दार, अपाङ्ग तथा असहाय बालबालिकाहरुलाई छात्रबृत्ति वितरण, सांस्कृतिक कार्यक्रमहरुको अवलोकन गर्नुका साथै उक्त कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो ।

३.    उक्त सम्बोधनको क्रममा प्रधानसेनापति श्री राणाले सैनिक श्रीमती संघले सामाजिक सेवालाई केन्द्र विन्दु बनाएर स्थापनाकालदेखि नै विविध सामाजिक र मानविय सेवामुलक कार्यहरु जस्तैः– सैनिक परिवारका सदस्यहरुको शैक्षिकस्तर अभिबृद्धि, आयमुलक सीप विकास, वीरगति प्राप्त सैनिक व्यक्तिहरुको परिवारलाई सहयोग, अपाङ्ग तथा असहायहरुलाई सहयोग एवं बाढीपहिरो जस्ता विविध प्राकृतिक विपत्तिमा तत्काल राहत लगायत विविध किसिमका सहयोगात्मक कार्यहरु गर्दै आएको यथार्थलाई प्रशंसा गर्नु भएको थियो ।

४.    कार्यक्रममा प्रमुख अतिथीज्यूबाट वार्षिक मुखपत्र ‘सेवा सुमन’ का उत्कृष्ट लेख रचनाका रचनाकारहरु तथा मुखपत्र प्रकाशनार्थ सहयोग पु¥याउनु हुने महानुभावहरुलाई प्रमाणपत्र तथा पुरस्कार समेत वितरण गर्नु भएको थियो ।

५.    साथै उक्त कार्यक्रममा पूर्व प्रधानसेनापतिहरु, नेपाली सेनाका रथीबृन्द तथा सेनानी समुह, संघका पूर्वअध्यक्षहरु लगायत पदाधिकारीहरु, केन्द्रिय प्रहरी महिला संघ, सशस्त्र प्रहरी महिला संघ लगायत निजामती कर्मचारी महिला संघका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।