सैनिक श्रीमती संघको सहयोगार्थ संगित सभाको आयोजना 

१. सैनिक श्रीमती संघको सहयोगार्थ मिति २०७० मंसिर १५ गते टुडिखेलमा बलिउडका प्रशिद्ध पाश्र्व गायक मोहित चौहान तथा नेपालका ख्याती प्राप्त कलाकारहरुद्वारा सांगितिक प्रतिभाको प्रदर्शन हुने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमको सम्पुर्ण व्यवस्थापनको जिम्मेवारी The Premiere Events  को रहेको छ भने साझेदारहरुRoyal Stag, Agni Group, Micro Hukam, The Republica, Image FM 97.9, ECS Nepal, Channel Nepal, Radisson Hotel / International Sound Service (ISS)रहेको छ । 

२. उक्त कार्यक्रममा मोहित चौहान लगायत नेपालका ख्याती प्राप्त गायक निमा रुम्बा, नेपाली व्याण्ड Joint Family International र नेपाली सेनाको व्याण्डद्वारा पनि सांगितिक सौगात पस्कने कार्यक्रम रहेको छ । 

३. सैनिक श्रीमती संघले नेपाली सेनाका सकल दर्जाका आश्रीत सदस्यहरुको स्वआयआर्जन गर्ने सिप बिकास गरी स्वावलम्वन बनाउन विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । जस अन्तर्गत सिलाई बुनाई, कम्प्युटर, व्युटिसियन, ड्राईभिङ्ग, ईन्टेरियर डेकोरेशन लगायत अन्य तालिमहरु संचालन गर्नको लागि आवश्यक पर्ने Vocational Training Center  को स्थापना गर्ने योजना रहेको छ । उक्त योजना पुरा गर्न आवश्यक आर्थिक श्रोत जुटाउनका लागि यस सांगितिक सभाको आयोजना गर्न लागिएको छ ।  

४. उक्त कार्यक्रम सैनिक मञ्च अगाडी टुडिखेलमा आयोजना हुन गईरहेको छ । कार्यक्रम स्थलमा प्रवेश गर्नको लागि टुडिखेलको पूर्व, पश्चिम र दक्षिणपट्टि रहेको गेटहरुबाट प्रवेश गर्ने व्यवस्था रहेको छ । पार्किङ्गको लागि आर्मी क्लव तथा खुलामञ्चमा व्यवस्था गरिएको छ । गेट अपरान्ह २ बजेबाट खुला हुने छ भने कार्यक्रम अपरान्ह ४ बजेबाट प्रारम्भ हुनेछ । कार्यक्रममाFood Stall  को समेत व्यवस्था गरिएको छ । 

५. यस बिषयमा थप जानकारीको लागि The Premiere Events को मोवाईल नं. ९८१८२५२४८२ र ९८१८१७९००७ मा सम्पर्क गर्न सकिने छ ।