नेपाली सेनाको भर्ना प्रकृयामा युवा/युवतीहरुको उल्लेख्य सहभागिता

१. नेपाली सेनाले आव्हान गरेको भर्ना प्रकृयामा युवा/ युवतीहरुले उल्लेख्य सहभागिता जनाएका छन् । २. नेपाली सेनाको दरबन्दीभित्र रिक्त रहेको विभिन्न पदहरु पूर्ति गर्ने सिलसिलामा मिति २०६७ श्रावण १७ गते देखि २०६७ भाद्र १५ गतेसम्मको ३० दिने म्याद र विलम्ब शुल्क बुझाई थप ७ दिनको म्यादसमेत गरी ३७ दिने म्यादभित्र मुलुकका विभिन्न भर्ना केन्द्रहरुमा समावेशी तथा खुलातर्फ आवेदन दर्ता गर्नेको कुल संख्या ५७ हजार पाँचसय १३ पुगेको छ । साथै समावेशीतर्पm का आवेदकहरुलाई खुलातर्फ समेत प्रतिस्पर्धा गर्ने मौका प्रदान गरिएको छ । आवेदन शुल्क वापत एक करोड ६९ लाख ३८ हजार ६० रुपैया राजश्व संकलन भएको छ । ३. दरखास्त आव्हान गरिएको र पर्न आएको आवेदनको विवरण निम्न अनुसार रहेको छ ।