प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.ब.रा. द्धारा उपत्यका पृतना हे.क्वा. अन्तर्गतका विभिन्न निर्वाचन सुरक्षा बेशहरुको निरिक्षण भ्रमण  

१. आज मिति २०७० कार्तिक २९ गते प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.व.रा.ले उपत्यका पृतना हे.क्वा. अन्तरगत ललितपुर जिल्लाको आस्राङ्ग सुरक्षा बेश, काभ्रपलाञ्चोक जिल्लाको कामीडाँडा सुरक्षा बेश र सिन्धुपाल्चोक मेलम्ची स्थित  भिमकाली गुल्मको निरिक्षण गर्नु भएको थियो । साथै वहाँले सिन्धुपाल्चोक जिल्लाको थानपालछापमा भिमकाली गुल्मले संचालन गरेको स्वास्थ्य शिविरको निरिक्षण गर्नुका साथै स्थानिय बासिन्दाहरुसंग अन्तरक्रिया गर्नुभएको थियो ।

२. निरीक्षण भ्रमणका शिलशिलामा प्रधानसेनापति श्री राणाले आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनालाई नेपाल सरकारबाट प्राप्त कार्यादेश पुरा गर्न खट्टिएका फौजहरुसंग भेटघाट एवं चुनावलाई सहज वातावरणमा सम्पन्न गर्न स्थानिय प्रशासन, निर्वाचन कार्यालय एवं अन्य सुरक्षा निकायहरुसंग भए गरेका समन्वय तथा सहयोगका कार्यहरुबारे स्थलगत भ्रमण गरी जानकारी प्राप्त गर्नुभयो ।  

३. नेपाली सेना, स्थानिय प्रशासन, अन्य सुरक्षा निकाय एवं निर्वाचन कार्यालय वीच हुने समन्वयले आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।