नेपाली सेना कल्याणकारी बोर्ड स्थापना सम्बन्धि

१.    नेपाली सेनाका बहालवाला, अवकाश प्राप्त सैनिक तथा तिनका आश्रित परिवारहरुको हितको लागि बि.सं. २०३२ सालमा स्थापित “सैनिक कल्याणकारी कोष” ले प्राथमिकताका साथ कल्याणकारी कार्यहरु संचालन गर्दै आईरहेको छ । कोषको कार्यलाई अझ प्रभावकारी बनाउन श्री प्रधानसेनापतिज्यूको कमाण्ड निर्देशन – २०६९ तथा विभिन्न समयमा नेपाली सेनाका सकलदर्जाहरुलाई दिईएको सन्देशमा उल्लेख भए बमोजिम भू.पु. सैनिकहरु तथा तिनका परिवारहरुको कल्याणको लागि नेपाली सेनाको बृहत कल्याणकारी छाता अन्तर्गत नै रहने गरी छुट्टै अंगको स्थापना गर्ने, कल्याणकारी गतिविधिलाई विकेन्द्रीत गरी देशको कुनाकाप्चासम्म पु¥याउने तथा भू.पु. सैनिकहरुको भूमिका र महत्वको सम्भाव्यतालाई समेत अध्ययन गर्ने बिषयमा निर्देशन भएको छ ।

२.    नेपाली सेनाको कल्याणकारी गतिविधिहरुका हिताधिकारीहरुको संख्या दिनानुदिन बढ्दै गईरहेको अवस्थामा कल्याणकारी कार्यलाई कोषको आम्दानीको सीमित श्रोत तथा आयमा मात्र निर्भर रही संचालन गर्नु भन्दा कानुन अनुरुप हुने गरी नेपाली सेनाका अवकाश प्राप्त व्यक्तिहरु तथा गैह्र सैनिक बिशेषज्ञहरुको समेत सहभागितामा थप आयमुलक क्षेत्रहरुमा लगानी गरी प्राप्त व्यक्तिहरु तथा गैह्र सैनिक बिशेषज्ञहरुको समेत सहभागितामा थप आयमुलक क्षेत्रहरुमा लगानी गरी प्राप्त लाभबाट स्तरिय एवं विकेन्द्रित कल्याणकारी गतिविधि संचालन गर्न उपयुक्त देखिएको । सोही अनुरुप "No Profit No Loss" को अवधारणामा नेपाली सेनाका अधिकृत तथा रथीबृन्द, अवकाश प्राप्त रथीबृन्द तथा उच्च स्तरिय गैह्र सैनिक बिशेषज्ञहरुसमेत समाबेश भएको कार्यदलले बिस्तृत अध्ययन गर्दा अन्य राष्ट्रहरुका सेनामा समेत भू.पु. सैनिकहरुको प्रत्यक्ष संलग्नतामा गैह्र सैनिक विशेषज्ञहरुलाई सम्मिलित गराई विभिन्न आयमुलक व्यवसाय संचालन गरी त्यसबाट हुने मुनाफाबाट कल्याणकारी कोषलाई थप मजबुद र दिगो पारी कल्याणकारी कार्यमा खर्च गरेको पाईएको । नेपाली सेनाले पनि प्रचलित कानुनको अधिनमा रही बोर्डको स्थापना गरी आयमुलक कार्यहरु संचालन गर्दै प्रभावकारी कल्याणकारी सेवा गर्न उपयुक्त देखिएको ।

३.    यसर्थ, “नेपाली सेनाको सेवा गर्ंयौ अव नेपाली सेनाले तिम्रो सेवा गर्छ (You served the Nepalese Army and now the Nepalese Army serves you) लाई आप्mनो आदर्श मान्दै "No Profit No Loss" को अवधारणामा सेवाको लागि आयआर्जन (Earn to Serve)