बलाध्यक्ष रथी श्री पवन बहादुर पाण्डेद्धारा बि.बि.ए. संकायको शुभारम्भ

१. आज मिति २०७० मंसिर १३ गते आर्मी अफिसर्स क्लब, सभामण्डपमा आयोजित एक विशेष समारोहमा बलाध्यक्ष रथी श्री पवन बहादुर पाण्डेले सैनिक आवासीय महाविद्यालयमा यस वर्षदेखी संचालन हुन लागेको BBA संकायको शुभारम्भ गर्नुभयो ।
 
२. बलाध्यक्ष रथी श्री पाण्डेले कार्यक्रममा नेपाली सेनाका सकल दर्जाका छोरा–छोरी तथा गैह्रसैनिकका छोरा–छोरीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन नेपाली सेनाको कल्याणकारी योजना अन्तर्गत विभिन्न विद्यालयहरुको स्थापना गरिएको बताउनु हुंदै प्रधानसेनापतिको Vision अनुरुप शिक्षामा गुणात्मक बृद्धि गर्न गत वर्षदेखि B.Sc. र यसै वर्षबाट BBA संकायहरु सञ्चालन गरिएको बताउनु भयो । 

३. रथी श्री पाण्डेले शिक्षा क्षेत्रमा उक्त महाविद्यालयलाई दक्षिण एसियाकै उत्कृष्ट विद्यालय बनाई इमान्दार, योग्य, सक्षम एवं दक्ष जनशक्ति उत्पादन गर्न सो विद्यालयले आगामी दिनहरुमा बहालवाला तथा अवकास प्राप्त सैनिकका छोरा–छोरी लगायत गैह्रसैनिक विद्यार्थीहरुलाई समेत उच्चस्तरको शिक्षा दिनेमा विश्वस्त रहेको बताउनु भयो ।

४. सो कार्यक्रममा त्रि.वि. व्यवस्थापन संकायका म्भबल प्राध्यापक डा. श्री देवराज अधिकारी, प्रा.डा. श्री सन्तोष राज पौडेल, स्कुलका  Vice Principal श्री कुमार गुरुङ्ग, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत श्री किशोर महर्जन र नेपाल ईन्भेष्टमेण्ट बैंकका उपमहाप्रवन्धक श्री राजन अमात्य लगायत रथीबृन्दहरु, स्कुलका शिक्षकवर्ग तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।