जंगी अड्डामा प्रधानसेनापति श्री गौरव शम्शेर ज.व.रा. संग भारतिय सेनाका Lt Gen Rajan Bakshi द्वारा भेटवार्ता

१. नेपाल भ्रमणमा रहनु भएका भारतीय सेनाका ी Lieutenant General Rajan Bakshi (General Officer Commanding in-Chief, Central Command)  ले प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.संग आज जंगी अड्डामा भेट 
गर्नुभयो । उक्त भेटघाटका क्रममा द्धिपक्षिय आपसी हितका बिषयहरुमा छलफल भएको थियो  ।

२. साथै वहांले आजै जंगी अड्डामा बलाध्यक्ष, व्यवस्था तथा युद्धकार्य महानिर्देशक तथा सैनिक विनय महानिर्देशकसंग पनि भेट गर्नु भएको थियो । वहां भोली पश्चिम पृतना हे.क्वा., पोखराको भ्रमणमा जाने कार्यक्रम रहेको छ ।

३. मिति २०७० मंसिर १७ गते नेपाल आईपुग्नु भएका Lt Gen Bakshi  मिति २०७० मंसिर २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।