एकीकृत सुरक्षा योजना अन्र्तगत संविधानसभा निर्वाचन २०७० को लागि तैनाथ सम्पूर्ण फौज आजबाट व्यारेक फिर्ता 


संविधानसभा निर्वाचन निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्ने नेपाल सरकारको लक्ष्य अनूरुप नेपालको अन्तरिम संविधान २०६३ बमोजिम नेपाल सरकारको वैधानिक निर्णय अनुसार गत मंसिर ४ गते सम्पन्न संविधानसभा निर्वाचनमा आफुलाई प्राप्त कार्यादेश नेपाली सेनाले नितान्त इमान्दारीपूर्वक, उत्कृष्ट एवं व्यवसायिक ढंगले सम्पन्न गरेको छ । उक्त निर्वाचनको लागि हिमाल, पहाड, तराई लगायत देशको विभिन्न स्थानमा तैनाथ फौज मध्ये अन्तिम टोली आज कर्णाली अञ्चलको हुम्ला जिल्लाबाट जुम्लाको सदरमुकाम खलङ्गा स्थित व्यारेक फिर्ता भएको 
छ । उक्त टोली व्यारेक फिर्ता भए पश्चात संविधानसभा निर्वाचनमा देशका विभिन्न स्थानमा खट्टिएका सम्पूर्ण फौज आ–आप्mनो व्यारेक फिर्ता भएको जानकारी गराईन्छ ।