पृतनापति समन्वयतात्मक बैठक सम्पन्न

१. आज मिति २०७० मंसिर २४ गते जंगी अड्डामा पि.एस्.ओ. रथीबृन्दहरु तथा पृतनापतिहरु सम्मिलित समन्वयात्मक बैठक सम्पन्न भएको छ । उक्त समन्वयात्मक बैठकको शुभारम्भ प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले गर्नु भएको थियो र सो अवसरमा निमित्त रक्षा सचिवको समेत उपस्थित रहेको थियो ।
२. हालै सम्पन्न संविधानसभा निर्वाचनको दौरान एकिकृत सुरक्षा योजना अनुसार नेपाली सेनाले आप्mनो जिम्मेवारी सफलतापूर्वक पूरा गरेको सम्बन्धमा सबै पृतनापतिहरुले आ–आप्mनो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान एवंम् भविष्यमा आईपर्न सक्ने चुनौतीहरुको सम्बन्धमा समेत समिक्षा गर्नु भएको थियो । यस बैठकमा एकिकृत सुरक्षा योजना अन्तरगत आप्mनो जिम्मेवारी निभाउने क्रममा नेपाली सेनालाई निजामती प्रशासन, अन्य सुरक्षा निकायहरु, आम संचार जगत तथा जनसमुदायबाट प्राप्त सहयोगको उच्च मूल्याङ्कन गरिएको थियो ।
३. उक्त अवसरमा समिक्षा गर्नुहुंदै प्रधानसेनापति श्री राणाले यस निर्वाचनमा नेपाल सरकारबाट प्राप्त कार्यादेश अनुसार नेपाली सेनाको अराजनैतिक, निष्पक्ष तथा व्यवसायीक भूमिका निर्वाह गर्दै प्राप्त जिम्मेवारीलाई सफलताका साथ सम्पन्न गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने सबै तहका पतिहरु तथा सकल दर्जाहरुलाइ धन्यवाद ज्ञापन गर्नुभयो । साथै सो अवसरमा जुनियर र मध्यम तहका नेतृत्व वर्गलाई समय सापेक्ष सामुहिक नेतृत्व विकास गर्नेतर्फ आवश्यक कार्यक्रमहरु संचालन गर्न पृतनापतिहरुलाई निर्देशन दिनुभयो । त्यसैगरी जनशक्तिको असरदार व्यवस्थापन गर्न र पुरस्कार तथा दण्डलाई सशक्त रुपमा लागु गर्दै सैनिक अनुशासनको स्तरलाई माथि उठाउन सबै पृतनापतिहरुलाई निर्देशन दिनुभयो । सैनिक कल्याणकारी कोष संचालन तथा व्यवस्थापन समिति मातहत रहने गरी हालै गठन गरिएको सैनिक कल्याणकारी बोर्डले अवकाश प्राप्त सैनिक र तिनका आश्रीत परिवारको जीवनस्तर उकास्न कल्याणकारी कार्यका क्षेत्रहरु पहिचान गरी दु्रत गतिमा कार्यान्वयनतर्फ अघि बढाउने कुरामा विश्वास व्यक्त गर्नुभई उक्त पृतनापति समन्वयात्मक बैठकको समापन गर्नु भएको थियो ।
४. उक्त सम्मेलनमा पृतनापतिहरु लगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।