समन्वयात्मक बैठक शुरु

१. आज मिति २०६७ आश्विन १४ गते जंगी अड्डामा प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गको प्रमुख आतिथ्यमा पृतनापतिहरुको समन्वयात्मक बैठक शुरु भएको छ । दुई दिने उक्त बैठकमा पि.एस्.ओज्. (प्रिन्सिपल स्टाफ अफिसर्स), पृतनापतिहरु तथा निर्देशकहरुको सहभागिता रहने छ । २. बैठकको दौरान पृतनापतिहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको प्रगति विवरण, वस्तुस्थिती, विद्यमान समस्या तथा भविष्यमा गरिने कार्य योजना र राय सुझावहरु प्रस्तुत गर्नु हुनेछ । त्यसपश्चात विभिन्न बिभागसँग सम्बन्धित तथा विविध बिषयबस्तुबारे छलफल हुने समेत कार्यक्रम रहेको छ ।