Real 7th Kathmandu Marathon 2013 का उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण सम्पन्न

१. मिति २०७० आश्विन ५ गते शनिवार काठमाण्डौमा आयोजना भएको Real 7th Kathmandu Marathon 2013  का उत्कृष्ट खेलाडीहरुलाई आज मिति २०७० मंसिर २५ गते प्रमुख अतिथि प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.द्धारा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।  
२. त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित कार्यक्रममा उक्त दौड प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका खेलाडीहरुले धेरैजसो बिधामा उत्कृट नतिजा हासिल गरी आफ्नो बर्चश्व कामय गर्न सफल भएका थिए । उक्त प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई महारथी श्री ज.ब.रा.ले नगद पुरस्कार वितरण गर्नुका साथै बधाई ज्ञापन गर्नु भएको थियो ।
३. उक्त दौड प्रतियोगितामा नेपाली सेनाको तर्फबाट उत्कृष्ट नतिजा हासिल गर्ने तथा अन्य प्रतियोगीहरुलाई पुरस्कृत गरिएको थियो । जस अन्तर्गत म्याराथन तर्फ हुद्धा उत्तम खत्री प्रथम, प्युठ कृष्ण बस्नेत द्धितिय र अमल्दार राजन खत्री तृतियलाई क्रमशः रु.१,००,०००, रु.५०,०००, र रु.२०,००० वितरण गर्नु भएको थियो भने हाफ म्याराथन तर्फ हुद्धा राज कुमार विष्ट प्रथम, हुद्धा होम लाल श्रेष्ठ द्धितिय, अमल्दार तिर्थ बहादुर तामाङ्ग तृतियलाई क्रमशः रु.५०,०००, रु.२५,००० र रु.१०,००० वितरण गर्नु भएको थियो । यसैगरी, ५ कि.मि. पूरुष दौड तर्फ प्युठ कल्याण बानियांलाई रु.२५,०००, ५ कि.मि. महिला दौड तर्फ सैन्य विश्व रुपा बुडा प्रथम र गनर लक्ष्मी पाण्डे तृतियलाई क्रमशः रु.२५,००० र रु.५,००० वितरण गर्नु भएको थियो । यस वर्षको उक्त प्रतियोगितामा देशभरका करिव २७०० जना खेलाडीहरुले सहभागीता जनाएका थिए । उक्त कार्यक्रमको अन्तमा नेपाल एम्याचुयर एथलेटिक्स एसोसिएसनका अध्यक्ष श्री निलेन्द्रराज श्रेष्ठले कार्यक्रममा उपस्थित प्रमुख अतिथि लगायत अन्य महानुभाव तथा खेलाडीहरुलाई यस प्रतियोगीता तथा कार्यक्रम सफल बनाउन एवं नेपालको एथलेटिक्स खेललाई माथि उठाउन प्राप्त सहयोगको सह्राना एवं प्रशंसा व्यक्त गर्नु भएको थियो । 
साथै उक्त पुरस्कार वितरण कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, अधिकृत, नेपाल एम्याचुयर एथलेटिक्स एसोसिएसनका अध्यक्ष श्री निलेन्द्रराज श्रेष्ठ र डावर नेपालका प्रतिनिधि श्री विकास डंगोल लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।