प्रधानसेनापतिबाट उपरथी प्रदिप बिक्रम राणालाई रथी दज्यार्नी चिन्ह प्रदान

१.    प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले रथी दर्जामा पदोन्नती हुनु भएका उपरथी श्री प्रदिप विक्रम राणालाई आज मिति २०७० पौष ७ गते जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच रथीको दज्र्यानी चिन्ह प्रदान गर्नु भएको छ । गत महिना रथी श्री नेत्र बहादुर थापाले अवकाश प्राप्त गरेपछि रिक्त रथीमा उपरथी श्री राणालाई मिति २०७० पौष ४ गतेको मन्त्रिपरिषद्को बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।
२.    मन्त्रीपरिषदको सोही बैठकले रथी श्री राणालाई बलाध्यक्षको जिम्मेवारी सम्हाल्ने गरी नियुिक्त गरेको छ । यसअघि बलाध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका रथी श्री पवन बहादुर पाण्डेलाई बलाधिकृतको जिम्मेवारी दिईएको छ ।