शान्ति मिशनमा तैनाथ चार नेपाली सैनिकहरु घाईते

१.    संयूक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि United Nations  Mission in South Sudan (UNMISS) मा विगत २ बर्ष देखि नेपाली शान्ति सैनिकहरु तैनाथ भई UN को Mandate अनूसार उत्कृट ढंगले कार्य सम्पादन गर्दै आईरहेका छन् । उक्त मिशनमा हाल श्री ईन्द्रबक्स गण (शा.से.) तेश्रो डफ्फा कार्यरत रहेको छ । दक्षिण सूडानका विभिन्न स्थानहरुमा वर्तमान राष्ट्रपति Silva Kirr समर्थित Dinka समूदाय र पुर्व उपराष्ट्रपति Riek Macher समर्थित Neur समूदाय बीच विगत केही समयदेखि जातीय द्वन्द्व चलिरहेको र द्वन्द्वका कारण हजारौं सर्वसाधारणहरु UNMISS का विभिन्न Camp हरुमा शरण लिई रहेका छन् । यो जातीय द्वन्द्व दक्षिण सुडानको सबै जसो प्रान्तहरुमा फैलिएको र विशेष गरी दक्षिण सूडानको पश्चिमतर्पm रहेको Jonglei प्रान्तको Bor शहर ईलाकामा व्यापक मात्रामा चलिरहेको छ, जहां Protection of Civilian (PoC) Camp हरुमा करिव १४ हजार सर्वसाधारणहरु शरण लिई बसिरहेका छन् र उनीहरुलाई नेपाली शान्ति सैनिकहरुले सुरक्षा प्रदान गरिरहेका छन् ।

२.    दक्षिण सुडानका सरकारी सैनिकहरुले बिद्रोहीहरुलाई Bor शहरको दक्षिणतर्फ बाट साना तथा ठुला Artillery हतियारबाट shelling गरेको र दुवै पक्ष बीच एक आपसमा व्यापक भिडन्त भएको । सरकारी सैनिकले Mortar तथा Tank बाट समेत भिषण फायरिङ्ग गरेको भन्ने बुझिएको छ । सोही क्रममा मिति २०७०/०९/०९ गते चार ओटा Artillery Shell नेपाली शान्ति सैनिक तैनाथ रहेको फोर्स रिजर्भ कम्पनीको पेरिमिटर भित्र खस्न गई बिष्फोट भएको थियो । उक्त बिष्फोटनमा चार जना नेपाली शान्ति सैनिकहरु घाईते हुनुको साथै केही गाडी, Water Treatment Plant लगायत अन्य भौतिक संरचनाहरुमा समेत क्षति भएको छ । घाईते शान्ति सैनिकहरुको उक्त मिशनमा रहेको Level-I अस्पतालमा भर्ना गरी उपचार भईरहेको छ । 

३.    उक्त मिशनमा सर्वसाधारण नागरिकको रक्षा गर्नु संयुक्त राष्ट्रसंघको महत्वपुर्ण Mandate भएकोले आप्mनो पेरिमिटरमा शरण लिन आएका सर्वसाधारण जनतालाई सुरक्षा गर्न नेपाली शान्ति सैनिकले महत्वपूर्ण भूमिका निभाएका छन् । उक्त भूमिका निर्वाह गर्दा श्रृजना हुन सक्ने जस्तोसुकै कठिन र चुनौतीपूर्ण अवस्थाको सामना गर्न नेपाली शान्ति सैनिक उच्च हौशलाका साथ कटिबद्ध रहेका छन् ।

४.    घाईते शान्ति सैनिकहरुको अवस्था सामान्य र खतरामुक्त रहेको छ ।