नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको व्याण्ड र Band of the Brigade of Gurkhas द्धारा Combined Bands Tatoo कार्यक्रम आयोजना

१. मिति २०७० पौष १३ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को प्रमुख आतिथ्यमा नेपाली सेनाको सैनिक व्याण्ड, नेपाल प्रहरी र सशस्त्र प्रहरीबलको व्याण्ड र मित्रराष्ट्र बेलायतको Band of the Brigade of Gurkhas द्धारा संयुक्त रुपमा लगनखेलस्थित सैनिक शारिरीक तालिम तथा खेलकुद केन्द्रमा Combined Bands Tatoo कार्यक्रमको आयोजना गरिएको थियो ।
२. उक्त कार्यक्रममा नेपाली सेनाको तर्फबाट प्रमुख सेनानीको नेतृत्वमा २०० जना, नेपाल प्रहरीको तर्फबाट प्रहरी उपरिक्षकको नेतृत्वमा २०० जना, सशस्त्र प्रहरीबलका तर्फबाट शसस्त्र प्रहरी नायव उपरिक्षकको नेतृत्वमा १०० जना तथा Brigade of Gurkhas  का तर्फबाट सेनानीको नेतृत्वमा ४० जना गरी जम्मा ५४० जना सम्मिलित टोलिले करिव १ घण्टा ३० मिनेटको Band Display प्रदर्शन गरेका थिए ।
३. पहिलो पटक आयोजना गरिएको उक्त कार्यक्रममा रक्षा मन्त्रालयका निमित्त सचिव लगायत उच्च पदस्थ अधिकारीहरु, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरु, नेपाल प्रहरीका पूर्व महानिरिक्षक तथा उच्च दर्जाका अधिकृतहरु, सशस्त्र प्रहरी बलका उच्च दर्जाका अधिकृतहरु, नेपालस्थित बेलायती सैनिक सहचारी, तिनवटै सुरक्षा निकायको साथै Brigade of Gurkhas का वहालवाला तथा अवकाश प्राप्त विभिन्न दर्जा तथा उनीहरुका परिवारजन र अन्य विशिष्ट महानुभावहरु लगायत संचारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 
४. यस किसिमको कार्यक्रमले नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु तथा ब्रिटिश सेनाबीचको सम्बन्ध अझ मजबुत हुनुको साथै द्धिपक्षिय हित, आपसी सहयोग, सद्भाव तथा सहकार्यको लागि थप मद्धत पुग्ने विश्वास लिईएको छ ।