“वार्षिक अन्तर सदस्य खेलुकद प्रतियोगिता २०७०” को शुभारम्भ

१. आज मिति २०७० माघ २ गते बलाधिकृत रथी श्री पवन बहादुर पाण्डेले महाशिवरात्री तथा सेना दिवस २०७० को उपलक्ष्यमा श्री त्रिभुवन आर्मी आफिसर्स क्लवद्वारा आयोजना गरिएको “वार्षिक अन्तर सदस्य खेलकुद प्रतियोगिता २०७०” को एक विशेष समारोहका वीच समुद्घाटन गर्नुभयो । 
२. उक्त प्रतियोगितामा टेनिस, विलियर्ड, स्नुकर, बृज र गल्फ खेलहरु संचालन हुने छन् । सो प्रतियोगिता अन्तर्गत आज खुल्ला एकल टेनिस र सुपर भेट्रान एकल टेनिस प्रतियोगिता संचालन भएको थियो । सुपर भेट्रान एकल टेनिसतर्फ अ.प्रा.उपरथी दिल बहादुर कार्की र अ.प्रा.सहायक रथी श्री प्रभुनरसिंह राणा विजयी हुनु भएको छ भने खुल्ला एकल टेनिसतर्फ सेनानी सिजर गुरुङ्ग, सह सेनानी चन्द्र बहादुर थापा, अ.प्रा.म.से सञ्जय झा र अ.प्रा. सेनानी अनन्त केसर सिंह विजयी हुनु भएको छ । उक्त प्रतियोगिताका विजयी खेलाडीहरुलाई महाशिवरात्री तथा सेना दिवस २०७० को अवसरमा पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ ।