नेपाली सेनाद्वारा तेघरी व्यारेक, धनगढीमा भूतपूर्व सैनिक सम्मेलन (सुदुर पश्चिम) २०७० आयोजना गरिने


१. नेपाली सेनाको व्यवस्थापन तथा हालै स्थापित नेपाली सेना कल्याणकारी बोर्डको पहल एवं संयोजकत्वमा यही माघ २७, २८ र २९ गते सुदुर पश्चिमाञ्चल विकास क्षेत्रको धनगढीस्थित टेघरी व्यारेकमा उक्त बिकास क्षेत्रमा स्थायी बसोबास गर्ने अवकाश प्राप्त सैनिकहरुलाई लक्षित गरी ‘नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन (सुदुर पश्चिम) २०७०’ संचालन हुने भएको छ ।

२. नेपाली सेनाका बहालवाला, अवकाश प्राप्त सैनिक तथा तिनका आश्रित परिवारहरुको हितको लागि कल्याणकारी कार्यलाई “नेपाली सेना कल्याणकारी बोर्ड” मार्फत हिताधिकारीहरुको घरदैलोसम्म विकेन्द्रित गर्न भू.पु.हरुसंग प्रत्यक्ष भेटघाट गरी उनीहरुको राय सुझाव सकंलन गर्ने र उपयुक्त राय सुझावहरुलाई कार्यान्वयन गर्ने तथा नेपाली सेनामा प्रथम पटक लघु वित्त परियोजना मार्फत् हिताधिकारीहरुको जीवनस्तर सुधार्ने उद्देश्यले यो सम्मेलन आयोजना गर्न लागिएको हो । 
३. सुदुर पश्चिमाञ्चाल विकास क्षेत्रमा स्थायी वसोवास गर्ने सबै भूतपुर्व सैनिक वा पारिवारिक निबृत्तभरणमा रहेका महिलाहरुलाई सम्मेलनमा सहभागिताको लागि आव्हान गरिएको छ । सम्मेलनमा भाग लिने सहभागी (भूतपूर्व सैनिक र पारिवारिक निवृत्तभरणमा रहेका महिलाहरु) लाई घरदेखि सम्मेलन स्थलसम्म आउंदाजांदा लाग्ने खर्च उपलब्ध गराइनेछ भने निजहरुलाई निःशुल्क बासस्थान तथा खानपिनको व्यवस्था सम्मेलन आयोजक समितिले गर्नेछ । उक्त सम्मेलनमा सहभागी हुन सुदुर पश्चिममा वसोवास गर्ने सबै ईच्छुक भूतपुर्व सैनिक वा पारिवारिक निबृत्तभरणमा रहेका महिलाहरुले माघ १२ गतेसम्म उक्त बिकास क्षेत्रका नजिकको नेपाली सेनाको व्यारेकमा आ–आप्mनो नाम दर्ता गराउनु  पर्नेछ । आप्mनो नाम दर्ता गराउन पेन्सन पटृा पेश गर्नु पर्नेछ ।

३. उक्त सम्मेलन हुनुअघि माघ २१ र २२ गते डडेलधुरास्थित श्री श्रीनाथ गणमा र २४, २५ र २६ गते धनगढीस्थित श्री नं. ५ वाहिनी अड्डा, टेघरी व्यारेकमा अवकाश प्राप्त सैनिक, तिनका आश्रित परिवार र बहालवाला सैनिकका आश्रित परिवारहरुको लागि स्वास्थ्य शिविरसमेत सञ्चालन गरिनेछ । उक्त स्वास्थ्य शिविरमा सबै रोग सम्बन्धि उपचार र आवश्यकता अनुसार शल्यक्रिया (अप्रेशन) समेत गरिनेछ ।
 
४. यसैगरी भू.पु. सैनिक परिचय पत्र नबनाएका तथा म्याद समाप्त भई नविकरण गर्नुपर्ने भू.पु. सैनिकहरुले सम्मेलन स्थलमा निबृत्तभरण अधिकार पत्र (पेन्सन पट्टा र सो को प्रतिलिपि थान १/१, सादा पोशाकमा खिचिएको १ह्१ ईन्च (अटो साईज) को फोटो थान २, नागरिकताको प्रमाणपत्र वा ना.प्र.नं. खुल्ने कागजाद थान १ सहित उपस्थित हुनुपर्ने छ । ७० बर्ष र सो भन्दा बढी उमेर समुहका भूतपुर्व वा पारिवारिक निबृत्तभरणमा रहेका महिलाहरुले १x१ ईन्च (अटो साईज) को फोटो थान २ सहित आएमा निजहरुलाई बयोबृद्ध परिचयपत्र समेत बितरण गरिनेछ ।

५. नेपाली सेनाको कल्याणकारी गतिविधिलाई समयानुकुल प्रभावकारी बनाउदै कल्याणकारी सेवालाई विकेन्द्रित गर्ने उद्देश्यले हालै गठित ‘नेपाली सेनाका कल्याणकारी बोर्ड’ तथा क्षेत्रीयस्तरमा स्थापना हुने ‘इपिसेन्टर कार्यालय’ले आप्mनो आदर्श वाक्य ‘सेवा, कल्याण, सम्मान’ लाई चरितार्थ गर्दै आगमी दिनहरुमा समग्र सेनाको जीवनस्तर सुधार्न उल्लेखनीय योगदान पु¥याउने अपेक्षा नेपाली सेनाले गरेको कुरा सबैमा जानकारी गराईन्छ ।