नेपाली सेनाद्धारा उद्धार

१. मिति २०७० माघ ०२ गते हुम्ला जिल्लाको गुठी गा.वि.स., पुमा गाउंस्थित जंगलमा  भएको आगलागीबाट घाइते भएका ११ जनालाई नेपाली सेनाको हेलिकप्टरद्धारा उद्धार गरिएको छ ।  
२. उक्त आगलागीमा परी मिति २०७० माघ ४ गते ३ जना स्थानियको मृत्यु तथा ११ जना घाईते भएका थिए ।  अत्याधिक हिमपातको कारण पैदल उद्धार कार्यमा कठिनाई भएको हुंदा गृह मन्त्रालयको अनुरोधमा मिति २०७० माघ ५ गते नेपाली सेनाको ईक्युरेल हेलिकप्टर १ र एम.आई.१७ हेलिकप्टर १ द्धारा घाईते ११ जनालाई उद्धार गरी उपचारको लागि नेपालगंज पुर्या‌एको छ ।