प्रधानसेनापति छिमेकी मित्रराष्ट्र माल्दिभ्स तथा श्रीलंकाको औपचारिक भ्रमणको लागि प्रस्थान

१. प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.व.रा. मित्रराष्ट्र माल्दिभ्सको Maldives National Defence Force का Chief of Defense Force Maj. Gen. Ahmed Shiyam ndc, psc तथा मित्रराष्ट्र श्रीलंकाको Sri Lanka Army का Commander of the Army Lt. Gen. RMD Ratnayake WWV RWP RSP USP ndc psc को निमन्त्रणामा मिति २०७० माघ १५ गतेबाट २३ गतेसम्म हुने औपचारिक भ्रमणको शिलशिलामा मिति २०७० माघ १४ गते नयाँदिल्ली हुंदै माल्दिभ्सतर्फ प्रस्थान गर्नु भएको छ ।

२. प्रधानसेनापति श्री राणालाई बलाधिकृत रथी श्री पवन बहादुर पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नु भएको थियो । प्रधासेनापति श्री राणा त्यस तर्फ प्रस्थान गर्नुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियोे । उक्त अवसरमा रथीबृन्द, रक्षा मन्त्रालयका निमित्त रक्षा सचिव, नेपालका लागि श्रीलंकाका आवासिय महामहिम राजदुत लगायत नेपालस्थित आवासीय सैनिक सहचारीहरुको समेत उपस्थिती रहेको थियो । 

३. छिमेकी मित्रराष्ट्रहरु संगको आपसी सौहार्दपूर्ण सम्बन्धलाई निरन्तरता दिने सिलसिलामा नेपाली सेनाका प्रधानसेनापतिका तर्फबाट मित्रराष्ट्र माल्दिभ्स तथा श्रीलंकाको लागि हुन लागेको यो पहिलो औपचारिक भ्रमण हो । प्रधानसेनापतिको यस भ्रमणले नेपाली सेना र मित्रराष्ट्र माल्दिभ्स तथा श्रीलंकाको सेनावीच रहँदै आएको पारस्परिक सम्बन्धलाई अझ मजबुत बनाउनुका साथै दुई मुलुक वीच रहँदै आएको सम्बन्ध र आपसी सहयोगमा थप आयाम थपिनुका साथै नयाँ परम्पराको शुरुवात हुनेछ । यस भ्रमणले दुई देशवीचका सेनाहरुको सम्बन्ध मार्फत नेपालको परराष्ट्र सम्बन्धलाई अझ दरिलो बनाउन  यस भ्रमणले थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । 

४. प्रधानसेनापतिको अनुपस्थितीमा बलाधिकृत रथी श्री पवन बहादुर पाण्डेले कायम मुकायम प्रधानसेनापतिको कार्य सम्हाल्नु हुनेछ ।