“नेपाली सेनामा महिला मैत्री वातावरण र UN Women संगको सहकार्य” नामक Documentry विमोचन गरिएको सम्बन्धमा

१. नेपाली सेना र UN Women संस्था वीच तालिम तथा कार्यक्रम समाबेश गरी तयार पारिएको “नेपाली सेनामा महिला मैत्री वातावरण र UN Women संगको सहकार्य” नामक Documentry मिति २०७० माघ १४ गते त्रिभुवन आर्मी अफिसर्स क्लवको गोरख कक्षमा कार्यरथी उपरथी श्री राजेन्द्र विक्रम शाह तथा UN Women का Country Representative Ziad Sheikh  को प्रमुख आतिथ्यमा विमोचन कार्य सम्पन्न भएको छ । 
२. संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्बाट पारित प्रस्तावना १३२५ र १८२० लाई Promoting Gender Responsive Security Sector - PROGRESS अन्तर्गत नेपालका सम्पुर्ण सुरक्षा निकायमा लागु गराउने नेपाल सरकारको कार्य योजना अनुरुप ४ बर्षको लागि नेपाली सेनामा कार्यक्रम लागु गर्ने नेपाल सरकार रक्षा मन्त्रालय र UN Women वीच भएको सहमति पत्र अनुसार नेपाली सेना र UN Women  ले मानव अधिकार निर्देशनालय मार्फत संचालन भएका विभिन्न गोष्ठी, तालिम तथा कार्यक्रमहरु समावेश गरी उक्त डकुमेन्ट्री तयार पारिएको हो । 
३. उक्त विमोचन समारोहमा नेपाली सेनाका रथीवृन्द, अधिकृत, विभिन्न मन्त्रालयका निजामति कर्मचारी, UN Women  का प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रतिनिधिको समेत उपस्थिती रहेको थियो ।