बलाध्यक्षज्यूबाट शान्ति स्थापनार्थ खट्टिई जाने फौजको निरीक्षण तथा सम्बोधन

१. आज मिति २०७० माघ १४ गते बलाध्यक्ष रथी श्री प्रदिप विक्रम राणाबाट संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ MINUSMA Mission, Mali मा तैनाथ हुन जाने श्री ई.ओ.डि. गुल्म (शा.से.) पहिलो डफ्फाद्वारा गौचर व्यारेकस्थित श्री ई.ओ.डि. होल्डिङ्ग युनिटमा प्रस्तुत गरेको Pre-Deployment तालिमको अन्तिम प्रवचन, निरीक्षण तथा सम्बोधन गर्नु भयो ।
२. उक्त अवसरमा बलाध्यक्ष रथी श्री राणाले प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.को शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । उक्त सन्देशमा शान्ति स्थापना कार्य दिनप्रतिदिन थप चुनौतीपूर्ण र जोगिमपूर्ण हुंदै गईरहेको वर्तमान अवस्थामा संयुक्त राष्ट्रसंघको मूल्य र मान्यतालाई मनन गरी योग्य सैनिकको रुपमा परिचय गराई आप्mनो पेशागत दक्षताको प्रदर्शन, मानव अधिकारको उच्च सम्मान, प्रजातन्त्र र प्रजातान्त्रिक आचरण तथा मानवीय सहयोगको भावना राखी विश्व शान्ति प्रति नेपाल र नेपाली सेनाको प्रतिवद्धताको सन्देश संसारभर फैलाउन सफल हुने बिश्वास राख्दै पुर्ण सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको छ । 
२. कार्यक्रममा बलाध्यक्ष रथी श्री राणाले नेपाली सेनाको उच्च अनुशासन, पेशागत दक्षता तथा शान्ति कार्य प्रतिको प्रतिवद्धतालाई मनन गरी संयुक्त राष्ट्रसंघले नेपाली सेनालाई विभिन्न द्वन्दग्रस्त राष्ट्रहरुमा शान्ति स्थापनार्थ सहभागी हुन आव्हान गरे अनुरुप पश्चिमी अफ्रिकी राष्ट्र मालीमा नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै पहिलो डप्फाको रुपमा तैनाथ हुन त्यस तर्फ जाने तयारीमा रहेको उक्त टोलीलाई कार्य सफलताको शुभकामना व्यक्त गर्नु भयो । 
३. नेपाली सेनाले यस किसिमको पृथक जिम्मेवारी सहित प्रथम पटक EOD (Explosive Ordinance Disposal) कार्यको लागि तैनाथ हुन जाने क्रममा रहेको उक्त गुल्मले आफूलाई प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक सम्पादन गर्नेछ भन्ने कुरामा जोड दिदै मिशनमा विभिन्न प्रकारका IED (Improvised Explosive Device), Mine तथा UXO"s (Unexploded Ordinance)  हरुसंग हरपल सामना गर्नुपर्ने चुनौतीलाई दक्षतापूर्वक सम्पादन गर्नुहुनेछ भन्ने विस्वास व्यक्त गर्नुभयो । 
४. संयुक्त राष्ट्र संघको १ जुलाई २०१३, United Nations Multi-Dimensional Integrated Stabilatization Missoin in Mali (MINUSMA) अन्तर्गतको कार्यादेशमा उक्त गुल्म तैनाथ हुन जान लागेको हो । 
५. नेपाल सरकारको नीति अनुरुप अन्तर्राष्ट्रिय क्षेत्रमा संयुक्त राष्ट्रसंघको आव्हानमा विश्वका द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ नेपाली सेनालाई सहभागी हुन पठाउने नीति अनुरुप तैनाथ हुन जान लागेको यस नवस्थापित मिशनमा नेपाली शान्ति सैनिकले प्राप्त जिम्मेवारी पूर्ण रुपमा सम्पादन गरी नेपाल र नेपाली सेनाको गौरव र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय क्षेत्रमा निरन्तर उच्च राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विस्वास नेपाली सेनाले लिएको छ ।  
६. उक्त कार्यक्रममा नेपाली सेनाका उच्च पदस्थ अधिकृत, रक्षा मन्त्रालयका प्रतिनिधी, पदिक तथा अन्य दर्जाहरुको समेत उपस्थिति रहेको थियो ।