संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यमा नेपाली सेनाको सहभागिता एक लाख

१. संयुक्त राष्ट्रसंघको आव्हानमा विश्वका विभिन्न राष्ट्रहरुमा पुगेको नेपाली सेनाको सहभागिता संख्या MONUSCO मिशन कंङ्गोमा कार्य सम्पादन गरी फर्केको शान्ति सैनिक टोली संगै एक लाख पुगेको छ । 
२. संयुक्त राष्ट्र संघबाट अनुरोध भई आए अनुसार सन् १९५८ मा नेपाली सेनाबाट United Nations Observer Group in Lebanon  (UNOGIL) मा ५ जना सैनिक पर्यवेक्षक संलग्न गराई शुरुवात भएको शान्ति स्थापनाको यात्रा हाल आएर ४० वटा मिशनहरुमा एक लाख पुगेको हो । हाल १३ वटा मिशनमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु सहभागी भईरहेका छन् । साथै नेपाल संयुक्त राष्ट्र संघमा शान्ति सैनिक पठाई सहयोग गर्ने मुलुकहरु मध्ये सातौं स्थानमा रहेको छ ।
३. विश्व शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता एक लाख पुगेको अवसरमा जंगी अड्डामा आयोजित विशेष समारोहमा प्रमुख अतिथी निरिक्षाणाधिकृत उपरथी श्री सुरेन्द्र बहादुर कार्कीले प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.ले सकलदर्जाहरुलाई दिनुभएको सन्देश पढेर सुनाउनु भएको थियो । उक्त सन्देशमा शान्ति स्थापनाको यो लामो यात्रामा सहभागी हुने नेपाली सेनाका सम्पूर्ण भुतपूर्व तथा वहालावाला सकलदर्जालार्ई हृदयदेखि नै धन्यवाद व्यक्त गर्दै नेपाली सेनाले शान्ति स्थापनार्थ विभिन्न मिशनहरुमा देखाएको योगदान, पेशागत दक्षता, अनुशासन तथा लगनशीलताको कारण आज नेपाली सेनाले यो सफलता प्राप्त गरेको र त्यसमा सकलदर्जाको त्याग, मेहनत र वलिदानले महत्पूर्ण भूमिका खेलेको बताउनु भएको छ ।
४. त्यसैगरी उक्त सन्देशमा हाल विभिन्न मिशनहरुमा सहभागी भईरहेका सकलदर्जाहरुलाई राष्ट्र, जनता तथा आप्mनो संस्थाप्रति मन, वचन र कर्मले आप्mनो कर्तव्यपथमा अविचलित भई कार्य सम्पन्न गर्न प्रधानसेनापति श्री राणाले हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।  
५. उक्त समारोहमा प्रमुख अतिथी उपरथी श्री कार्कीले शान्ति स्थानापनार्थ MONUSCO मिशन कङ्गोमा तैनाथ भई आप्mनो कार्यकाल पुरा गरी स्वदेश फिर्ता भएको श्री सिंहनाथ गण (शा.से.) १९ औं डप्mफाका शान्ति सैनिकहरुलाई स्वागत तथा नगद पुरस्कार वितरण गर्नु भएको थियो ।
६. अन्तर्राष्ट्रिय शान्ति र स्थायित्व कायम गर्ने यस पुनीत कार्यको लागि संयुक्त राष्ट्रसंघीय विभिन्न मिशनहरुमा नेपाली सेनाको तर्फबाट विभिन्न समयमा Force Commander लगायत UN HQ मा Military Advisor तथा उच्च नियुक्तिको जिम्मेवारी समेत प्राप्त भएको छ । अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षामा अनवरत सेवा पु¥याई राष्ट्रका राजदुत बन्न सफल नेपाली सेनाका प्रत्येक सिपाहीहरुको अद्धितिय योगदान भविष्यमा पनि अझै परिस्कृत ढंगबाट सुचारु रहने बिषयमा नेपाली सेना विश्वस्त छ ।