प्रधानसेनापति श्री गौरव शम्शेर ज.ब.रा. मित्रराष्ट्र माल्दिभ्सको राजधानी मालेमा

१. मित्रराष्ट्र माल्दिभ्सको Maldives National Defence Force का Chief of Defence Force Maj Gen Ahmed Shiyam ndc, psc को औपचारिक निमन्त्रणामा माल्दिभ्स प्रस्थान गर्नु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. मिति २०७० माघ १५ गते माल्दिभ्सको राजधानी मालेमा पुग्नु भएको छ ।
२. उक्त अवसरमा प्रधानसेनापति श्री राणालाई माल्दिभ्सका Vice Chief of Defence Force Brig Gen Ahmed Mohamed ले मालेस्थित Ibrahim Nasir International Airportमा स्वागत गर्नु भएको थियो । उक्त स्वागत कार्यक्रममा Commander Marine Corps लगायत अन्य उच्च पदस्थ अधिकारीको समेत उपस्थिती रहेको थियो । 
३. प्रधानसेनापति श्री राणालाई Republic Square (Jumhooree Maidan) मा CDF Maj Gen Ahmed Shiyamले हार्दिक स्वागत गर्नुभएको थियो । प्रधानसेनापति श्री राणालाई सो अवसरमा एक सैनिक टोलीले सम्मान गारत अर्पण गरेको थियो । तत्पश्चात् प्रधानसेनापति श्री राणाले3rd November Memorialको अवलोकन गर्नुभई माल्दिभ्सका Minister of Defence and National Security Mohamed Nazimसंग भेटघाट गर्नुभएको छ । 
४. प्रधासेनापति श्री राणाले आजै दिउसो Integrated HQs of the Maldives National Defence Force मा माल्दिभ्सका CDF Maj Gen Ahmed Shiyam संग औपचारिक भेटवार्ता गर्नुभएको छ । उक्त भेटवार्ताको क्रममा दुई सेनावीच रहँदै आएको पारस्परिक सम्बन्ध, आपसी सहयोग एवं अन्य गतिविधिहरुका विषयमा छलफल भएको थियो । उक्त भेटघाट पश्चात प्रधानसेनापति श्री राणाले माल्दिभ्स सेनाका उच्चस्तरिय टोलीसंग द्धिपक्षिय पारस्परिक हितका बिषयमा समेत छलफल गर्नुभएको थियो ।
५. साथै प्रधानसेनापति श्री राणाको सम्मानमा आज साँझ माल्दिभ्सका CDF Maj Gen Shiyam  ले रात्रिभोज आयोजना गर्ने कार्यक्रम समेत रहेको छ ।
६. यसअघि माल्दिभ्स जाने क्रममा हिजो मिति २०७० माघ १४ गते नयां दिल्लीस्थित ईन्दिरागान्धि अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानसेनापति श्री राणालाई भारतीय सेनाका Maj Gen Rustam Patnaik र नयां दिल्लीस्थित सैनिक सहचारी महा सेनानी झंकर बहादुर कडायतले स्वागत गर्नु भएको थियो र हिजो प्रधानसेनापति श्री राणाको मुकाम नयां दिल्लीमा भएको थियो ।