सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा नेपाली सैनिक डक्ट्रिन सेमिनार सम्पन्न

१. नेपाली सेनाको डक्ट्रिनलाई समय सापेक्ष लिपिवद्ध गर्नुको साथै सो को परिमार्जन समेत गर्न सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा आयोजना गरिएको “सैनिक डक्ट्रिन” सेमिनारको मिति २०७० माघ १४ गते सैनिक विनय महानिर्देशक उपरथी श्री भिक्टर ज.व.रा.बाट शुभारम्भ भएको थियो । सो अवसरमा वहाँले सैनिक डक्ट्रिनको महत्व, आवश्यकता र ऐतिहासिक पक्षबारे प्रकाश पार्नु भएको थियो । 
२. उक्त सेमिनारमा वहालवाला तथा अवकाश प्राप्त रथीबृन्द, पूर्व प्रशासकहरु, सम्बन्धित विषयका प्राध्यापकहरु,Subject Matter Experts, सुरक्षा र परराष्ट्र मामलाका विज्ञहरु, रक्षा मन्त्रालयका सह सचिवहरु, विभिन्न पत्र पत्रिकाका सम्पादकहरु र नेपाली सेनाका सम्बन्धित विषयका दक्ष अधिकृतहरुको उपस्थितीमा बृहत अन्तरक्रिया भएको थियो । 
३. उक्त सेमिनारको आज मिति २०७० माघ १५ गते का.मु.प्रधानसेनापति रथी श्री पवन बहादुर पाण्डेले एक समारोहका वीच समापन गर्नुभयो । समापन सम्बोधनमा वहाँले राष्ट्रिय सुरक्षा नीति तथा राष्ट्रिय सुरक्षा रणनीतिको महत्व र नेपाली सेनामा सैनिक डक्ट्रिनको आवश्यकताको बारेमा प्रकाश पार्नुको साथै यस सेमिनारबाट मस्यौदाको रुपमा रहेको डक्ट्रिनले मूर्त रुप लिन ठोस सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । वहांले यथेष्ट समय लगाएर Perspective Planning Group (PPG)  ले तयार पारेको सैनिक डक्ट्रिनको लागि उक्त टोलीलाई नेपाली सेनाको तर्फबाट हार्दिक धन्यबाद दिनु हुंदै यस सेमिनारबाट निस्केको महत्वपूर्ण बुंदाहरुलाई समावेश गरी उक्त डक्ट्रिनलाई मूर्त रुप दिन निर्देशन दिनु भयो । वहांले यस सेमिनारमा भाग लिनु हुने सबैको योगदानको कदर गर्दै हार्दिक धन्यबाद दिनु भयो । यसका साथै यस सेमिनारको सफल आयोजनाको लागि सैनिक विनय महानिर्देशक र सैनिक कमाण्ड तथा स्टाफ कलेजलाई समेत नेपाली सेनाको तर्फबाट धन्यबाद दिनु भयो । 
४. साथै कार्यक्रमको अन्त्यमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका निमित्त कमाण्डाण्ट सहायक रथी श्री पूर्ण बहादुर सिलवालले समारोहका प्रमुख अतिथी का.मु. प्रधानसेनापति रथी श्री पवन बहादुर पाण्डे लगायत सम्पुर्ण सहभागीहरुलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।