प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. र मित्रराष्ट्र माल्दिभ्सका महामहिम राष्ट्रपति वीच भेटवार्ता

१. मित्रराष्ट्र माल्दिभ्सको Maldives National Defence Force  का Chief of Defence Force Maj. Gen. Ahmed Shiyam ndc, psc को औपचारिक निमन्त्रणामा माल्दिभ्स भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले मिति २०७० माघ १६ गते माल्दिभ्सका महामहिम राष्ट्रपति Abdulla Yameen  संग राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । 
२. यसअघि, प्रधानसेनापति श्री राणा हिजो मिति २०७० माघ १५ गते बेलुका Maldives National Defence Force का Chief of Defence Force Maj. Gen. Ahmed Shiyam  ले वहांको सम्मानमा आयोजना गर्नु भएको रात्री भोजमा सहभागी हुनु भएको थियो ।