प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा मित्रराष्ट्र श्रीलंकाको भ्रमणमा

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा. मित्रराष्ट्र श्रीलंकाको Sri Lankan Army का Commander of the Army Lt. Gen RMD Ratnayake WWV RWP RSP USP ndc psc को औपचारिक निमन्त्रणामा मिति २०७० माघ १८ गते माल्दिभ्सको ४ दिने औपचारिक भ्रमण समाप्त गरी श्रीलंका पुग्नु भएको छ । 

२. प्रधानसेनापति श्री राणा माल्दिभ्सबाट श्रीलंका प्रस्थान गर्नुपुर्व Ibrahim Nasir International Airport मा माल्दिभ्सका Vice Chief of Defence Force Brigadier General Ahmed Mohamed ले विदाई गर्नुभएको थियो । श्रीलंकाको Bandaranayak International Airport  मा Commander of the Army, Sri Lankan Army  का Lt. Gen RMD Ratnayake ले परम्परागत शैली सहितको स्वागत अभिवादन गर्नुभएको थियो ।

३. प्रधानसेनापति श्री राणाले आज मिति २०७० माघ १९ गते Jaffna SF (Special Force) HQ को भ्रमण गर्नुभएको छ । वहाँलाई उक्त भ्रमणका दौरान Jaffna SF HQ  कमाण्डरले स्वागत, विफ्रिङ्ग तथा दिवा भोजको आयोजना गर्नुभएको थियो । उक्त भ्रमण पश्चात प्रधानसेनापति श्री राणा कोलोम्वो फिर्ता हुनुभएको छ । साथै आज साँझ वहाँको सम्मानमा Commander of the Army Lt. Gen RMD Ratnayake   द्वारा रात्रि भोजको आयोजना गर्ने कार्यक्रम समेत रहेको छ ।