प्रधानसेनापति महारथी गुरुङ्ग संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा प्रस्थान गर्नुहुने

१. मित्रराष्ट्र बेलायती सेनाका सेनाध्यक्षको निमन्त्रणामा प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गको नेतृत्वमा चार सदस्यीय भ्रमण दल भोली मिति २०६७ आश्विन १७ गते बिहान त्यसतर्पm प्रस्थान गर्नु हुनेछ । २. भ्रमणको क्रममा प्रधानसेनापति महारथी श्री गुरुङ्ग निम्न कार्यक्रमहरुमा सरिक हुनु हुनेछ ।
  • (क) मिति २०६७ आश्विन १८ गते साँझ बेलायती सेनाध्यक्ष General Sir Peter Wall KCB CBE ADC Gen ले वहाँको सम्मानमा आयोजित रात्रीभोजमा सरिक हुनु हुनेछ ।
  • (ख) यसै गरी, ऐ. १९ गते बिहान Horse Guards Parade मा 1st Battalion Grenadier Guards ले वहाँलाई सम्मान गारत ( Guard of Honour) अर्पण गर्नेछ । त्यसपछि वहाँले बेलायती सेनाध्यक्ष General Sir Wall सँग शिष्टाचार भेटघाट गर्नु हुनेछ । सोही दिन अपरान्ह वहाँले परराष्ट्र तथा राष्ट्रमण्डल कार्यालयमा अवस्थित South Asia and Afghanistan Directorate का निर्देशक Karen Pierce र Department for International Development का Permanent Under Secretary, Minouche Shafik सँग शिष्टाचार भेटघाट गर्नु हुनेछ ।
  • (ग) ऐ. २० गते वहाँले बेलायती स्थल सेनाको मुख्यालय, बृगेड अफ गोर्खाज्को मुख्यालय, Gurkha Welfare Trust र गोर्खा संग्रहालयको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
  • (घ) यसै गरी, ऐ. २१ गते बिहान 2nd Battalion The Royal Gurkha Rifles र अपरान्ह लण्डनस्थित नेपाली राजदुतावासको भ्रमण गर्नु हुनेछ ।
  • (ङ) ऐ. २२ गते बिहान वहाँले बेलायती Defence Academy को भ्रमण गर्नु हुनेछ । यसै गरी, सोही साँझ नेपाली राजदुतावासमा वहाँको सम्मानमा आयोजना गरिने रात्रीभोजमा सरिक हुनु हुनेछ ।
३. भ्रमण दलमा वहाँकी धर्मपत्नी श्रीमती कमला गुरुङ्ग, उपरथी श्री नेत्र बहादुर थापा र प्रमुख सेनानी श्री शिव शंकर गुरुङ्ग सम्मिलित हुनुहुन्छ । भ्रमण समाप्त गरी वहाँहरु मिति २०६७ आश्विन २७ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।