प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.द्धारा श्रीलंकाको Ministry of Defence and Urban Development का Defence Secretary, Sri Lankan प्रतिरक्षा फौजका प्रमुख र Sri Lankan Army का कमाण्डरसंग भेटवार्ता तथा Staff College को भ्रमण

१.     मित्रराष्ट्र श्रीलंकाको Sri Lanka Army का Commander of the Army Lt. Gen RMD Ratnayake WWV, RWP, RSP USP, ndc, Psc को औपचारिक निमन्त्रणामा श्रीलंकाको भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले मिति २०७० माघ २० गते Ministry of Defence and Urban Development (MoD & UD) का Defence Secretary, Sri Lankan प्रतिरक्षा फौजका प्रमुख र Sri Lankan Army का प्रमुखसंग भेटवार्ता तथा श्रीलंकाको Defense Services Command and Staff College (DSCSC) को भ्रमण गर्नु भएको छ ।

२.     प्रधानसेनापति श्री राणाको सम्मानमा श्रीलंकन आर्मीको मुख्यालयमा श्रीलंकन सेनाको एक सैनिक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । आजै प्रधानसेनापति श्री राणाले Sri Lankan Army का Commander of the Army Lt. Gen RMD Ratnayake संग भेटवार्ता गर्नु भएको थियो । उक्त भेटवार्ताका क्रममा दुई सेनाबीचको आपसी हित र सहयोग सम्बन्धी विविध विषयमा छलफल भएको थियो ।

३.     आजै प्रधानसेनापति श्री राणाले श्रीलंकाको Ministry of Defence & Urban Development मा The Ministry of Defence & Urban Development का The Ministry of Defence & Urban Development तथा The Chief of  Defence Staff General Jagath Jayasuriya RWP, VSV, USP, ndu, Psc संग वहांहरुको कार्यकक्षमा भेटवार्ता गर्नु भएको थियो । उक्त दुवै भेटका क्रममा द्धिपक्षिय पारस्परिक सम्बन्ध, आपसी सहयोग एवं अन्य विविध गतिविधिहरुका विषयमा छलफल भएको थियो ।

४.     प्रधानसेनापति श्री राणाले आजै DSCSC को भ्रमण गर्नु भएको थियो । उक्त भ्रमणका दौरान DSCSC का Commandant Maj Gen JN Walgama RSP, USP, ndu, Psc, ले वहांलाई स्वागत गर्नुका साथै उक्त College का विविध गतिविधिका सम्बन्धमा Briefing समेत गर्नु भएको थियो ।