प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. श्रीलंकाको ६६ औं स्वतन्त्रता दिवस समारोहमा सहभागी

१.     मित्रराष्ट्र श्रीलंकाको Sri Lankan Army का Commander of the Army Lt. Gen RMD Ratnayake WWV, RWP, RSP USP, ndc, Psc को औपचारिक निमन्त्रणामा श्रीलंकाको भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. आज मिति २०७० माघ २१ गते श्रीलंकाको ६६ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा Kegalle मा आयोजित स्वतन्त्रता दिवस समारोहमा Honored Guest को रुपमा सहभागी भई उक्त कार्यक्रमको अवलोकन गर्नुभएको छ ।

२.     उक्त समारोह पश्चात् प्रधानसेनापति श्री राणा विशेष बायु यानद्वारा श्रीलंकाको Kandy प्रस्थान गर्नुभई त्यहाँस्थित Botanical Center र श्री नं. ११ Div HQ का कमाण्डरले आयोजना गर्नुभएको दिवा कार्यक्रममा सरिक हुनु भई भेटघाट तथा छलफल  गर्नुभएको थियो ।

३.     प्रधानसेनापति श्री राणा मिति २०७० माघ २० गते वेलुका Sri Lankan Army का Commander of the Army Lt. Gen RMD Ratnayake ले वहाँको सम्मानमा आयोजना गर्नु भएको रात्री भोजमा सहभागी हुनु भएको थियो ।