का.मु. प्रधानसेनापति रथी श्री पवन बहादुर पाण्डेसंग अमेरिकी सेनाका Maj Gen Michael Shields को भेटवार्ता

१.     का.मु.प्रधानसेनापति रथी श्री पवन बहादुर पाण्डेसंग नेपाल भ्रमणमा रहनु भएका अमेरिकी सेनाका Maj Gen Michael Shields ले आज मिति २०७० माघ २२ गते जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

२. उक्त अवसरमा नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनावीच रहँदै आएको आपसी सहयोग तथा द्धिपक्षिय पारस्परिक सम्बन्धका बिषयमा कुराकानी भएको थियो । 

३.     नेपालको ४ दिने भ्रमणमा रहनुभएका अमेरिकी सेनाका Maj Gen Michael Shields ले नेपालमा रहँदा नेपाली सेनाका केहि तालिम प्रतिष्ठानहरुको भ्रमण गर्ने र मिति २०७० माघ २४ गते काठमाण्डौंस्थित महाविर गणको भ्रमण गर्ने कार्यक्रम रहेको छ । वहाँले नेपाल बसाईको दौरान पोखराको समेत भ्रमण गर्नुहुने छ ।

४.     अमेरिकी सेनाका Maj Gen Miclael Shields ४ दिने भ्रमण पुरा गरी मिति २०७० माघ २४ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।