प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा. तथा श्रीलंकाका Commander of the Navy वीच भेटवार्ता

१.     मित्रराष्ट्र श्रीलंकाको Sri Lankan Army का Commander of the Army Lt. Gen RMD Ratnayake WWV, RWP, RSP USP, ndc, Psc को औपचारिक निमन्त्रणामा श्रीलंकाको भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. आज मिति २०७० माघ २२ गते श्रीलंकाको कोलोम्बोमा Commander of the Navy Vice Admiral Jayanath Colombaga RSP VSV USP rcds psc MSc संग भेटवार्ता गर्नुभएको छ ।

२.     कोलोम्बोस्थित जलसेना मुख्यालयमा प्रधानसेनापति श्री राणाको सम्मानमा श्रीलंकाको जल सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उक्त समारोह पश्चात् Commander of the Navy Vice Admiral Jayanath Colombaga संग भएको भेटवार्ताका क्रममा दुई पक्षवीचको आपसी हित र सहयोग सम्बन्धी विविध विषयमा छलफल भएको थियो ।