घुम्ति स्वास्थ्य शिविर सञ्चालन

१. नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा  मिति २०७० माघ २१ र २२ गते डडेल्धुरा स्थित श्री श्रीनाथ गणको हाताभित्र घुम्ति स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
२. उक्त स्वास्थ शिविरमा मिति २०७० माघ २१ गते भूतपुर्व सैनिकतर्फ महिला २३, पुरुष ६४, बहालवाला १८ र गैह्र सैनिक ५ जना गरी ११० जना र मिति २०७० माघ २२ गते भूतपुर्व सैनिक ३१, भूतपुर्व र बहालवाला सैनिकका आश्रित परिवार १११, बहालवाला सैनिक १०८ र गैह्र सैनिक २७ जना गरी २७७ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । उक्त स्वास्थ्य शिविरमा कुल ३८७ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । 
३. सो घुम्ति स्वास्थ्य शिविर टोलीले मिति २०७० माघ २४ गतेदेखि ऐ. २६ गतेसम्म कैलालीको धनगढीस्थित तेघरी व्यारेकमा घुम्ति स्वास्थ्य शिविर संचालन गर्ने कार्यक्रम रहेको छ ।