प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. मित्रराष्ट्र माल्दिभ्स र श्रीलंकाको औपचारिक भ्रमण पश्चात स्वदेश फिर्ता

१.  मित्रराष्ट्र माल्दिभ्सको Maldives National Defence Force का Chief of Defence Force Maj. Gen. Ahmed Shiyam ndc, psc तथा मित्रराष्ट्र श्रीलंकाको Sri Lanka Army का Commander of the Army Lt. Gen. RMD Ratnayake WWV RWP RSP USP ndc psc को औपचारिक निमन्त्रणामा १० दिने भ्रमण पुरा गर्नु भई प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.व.रा. आज मिति २०७० माघ २४ गते स्वदेश फिर्ता हुनु भएको छ ।

२.  प्रधानसेनापति श्री राणालाई बलाधिकृत रथी श्री पवन बहादुर पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो । उक्त अवसरमा प्रधानसेनापति श्री राणालाई VVIP Lounge मा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उक्त अवसरमा रथीबृन्द, निमित्त रक्षा सचिव, नेपालस्थित मित्रराष्ट्र श्रीलंकाका महामहिम राजदुत र नेपालस्थित आवसीय सैनिक सहचारीहरुको समेत उपस्थिती रहेको थियो । 

३.    मित्रराष्ट्र माल्दिभ्स भ्रमणको क्रममा प्रधानसेनापति श्री राणाले माल्दिभ्सका महामहिम राष्ट्रपति Abudlla Yameen, Minister of Defence and National Security Mohamed Nazim र Maldives National Defence Force संग भेटवार्ता गर्नु भएको थियो । उक्त भेटवार्ताका क्रममा दुई सेनाबीच रहंदै आएको पारस्परिक सम्बन्ध, आपसी सहयोग एवं अन्य गतिविधिहरुका विषयमा छलफल भएको थियो ।

४.  माल्दिभ्सको भ्रमण पश्चात मित्रराष्ट्र श्रीलंकाको भ्रमणमा रहनु भएका प्रधानसेनापति श्री राणाले श्रीलंकाको Kegalle मा आयोजित 66th National Independence Parade तथा the "Deyata Kirula" राष्ट्रिय प्रदर्शनी कार्यक्रमको Honoured Guest को रुपमा सहभागी हुनु भएको थियो । उक्त भ्रमणका दौरान वहांले Ministry of Defence and Urban Development का सेक्रेटरी Mr. Gotabaya Rajapaksa, The Chief of Defence Staff Gen Jagath Jayasurya,, श्रीलंकन आर्मीका Commander of The Army Lt. Gen RMD Ratnayake तथा Commander of the Navy Vice Admiral Jayanath Colombaga संग भेटवार्ता गर्नु भएको थियो । उक्त भेटवार्ताका क्रममा द्धिपक्षिय पारस्परिक सम्बन्ध, दुई सेनाबीचको आपसी हित र सहयोग सम्बन्धी विविध विषयमा छलफल भएको थियो ।

५.  प्रथम पटक सम्पन्न भएको यस भ्रमणले नेपाली सेना र उक्त मुलुकका सेनाहरु बीचको सम्बन्धको साथै दक्षिण एसियाली सार्क संगठनका सदस्य मित्रराष्ट्रहरु संगको आपसी सम्बन्धलाई सौहार्दपूर्ण र अझ मजबुद बनाउन सहयोग पुग्न गएको छ । प्रधानसेनापति श्री राणाले गर्नु भएको यस भ्रमणले नेपाल र ती दुई मुलुक बीचको सैनिक सम्बन्धलाई अझ विस्तार गर्दै झन् बलियो बनाउनुका साथै क्षेत्रिय सहयोगका अन्य पक्षहरुमा समेत नयाँ आयाम थप्न मद्दत पुग्न जाने विश्वास नेपाली सेनाले लिएको छ ।