सैनिक विनय महानिर्देशकद्धारा प्रतिविद्रोह तथा जंगल वारफेर तालिमको निरीक्षण

१.     सैनिक विनय महानिर्देशक उपरथी श्री भिक्टर ज.ब.रा.ले आज मिति २०७० माघ २४ गते प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालयमा संचालन भईरहेको प्रतिविद्रोह तथा जंगल वारफेर तालिम (अधिकृत स्तर) को निरीक्षण भ्रमण गर्नु भएको छ ।

२.     त्यस शिक्षालयको स्थापना कालदेखि नै प्रतिविद्रोह तथा जंगल वारफेर र सो सम्बन्धी सैनिक युद्धकलाका तालिमहरु संचालन हुने उक्त शिक्षालयमा हालसम्म अधिकृत पदिक र अन्यदर्जा गरी १४,६०४ जना शिक्षार्थीहरुले सफलतापूर्वक तालिम सम्पन्न गरि सकेका छन् । जसमध्ये नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका केही अधिकृत तथा जवानहरुले र विदेशी सेनाका गरी २०८ (संयुक्त तालिम —१८६ र CIJW-२२) ले उक्त शिक्षालयबाट तालिम लिई सकेका छन् । हाल भारत, चीन, पाकिस्तान, श्रीलंका र दक्षिण कोरियाका गरी ७ जना सैनिक अधिकृतहरु समेत तालिमरत रहेका छन् ।

३.     उक्त निरीक्षण भ्रमणका दौरान विभिन्न संचार गृहका बरिष्ठ संचारकर्मीहरु समेत सहभागी रहनु भएको थियो । आगामी फाल्गुनमा संचालन हुन गईरहेको नेपाली सेना तथा मित्रराष्ट्र भारतीय सेनाको गणस्तरिय संयुक्त अभ्यास "EX-SURYA KIRAN-VI" को पूर्व तयारी सम्बन्धमा समेत उक्त निरीक्षण भ्रमण केन्द्रित रहेको थियो ।