घुम्ति स्वास्थ्य शिविर सञ्चालन

१.     नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा  मिति २०७० माघ २४ गतेबाट तिन दिने घुम्ति स्वास्थ्य शिविर धनगढी स्थित तेघरी व्यारेक हाताभित्र सञ्चालन भएको छ ।

२.     उक्त स्वास्थ शिविरमा मिति २०७० माघ २४ गते भूतपुर्व सैनिक ६० जना, सैनिकका परिवारहरु १४२ जना, वहालवाला सैनिक ९ जना, गैह्रसैनिक ८ जना र मिति २०७० माघ २५ गते भूतपुर्व सैनिक ११८ जना, सैनिकका आश्रित परिवार ३३६ जना, बहालवाला सैनिक ३१ जना तथा गैह्र सैनिक ५ जना गरी कुल जम्मा ७०९ जनाले स्वास्थ्य परिक्षण सुविधा प्राप्त गरेका थिए । स्वास्थ्य परिक्षण गराएका मध्ये ८ जनाको मेजर अप्रेशन तथा १२ जनाको माईनर अप्रेसन समेत भएको थियो ।

३.     सोहि अवसरमा १८४ जना भूतपुर्व सैनिकहरुले विरामी कार्ड तथा २८० जना भूतपुर्व सैनिकहरुले भू.पु.सैनिक परिचय पत्र बनाएका थिए भने कार्यरथी विभाग (प्राड विवाक) ले कानुनी परामर्श सेवा समेत प्रदान गरेको थियो । उक्त तिन दिने स्वास्थ्य शिविर भोलि मिति २०७० माघ २६ गते समापन हुने कार्यक्रम रहेको छ ।

४.     साथै नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा तेघरी व्यारेक धनगढीमा यहि माघ २७ गतेबाट २९ गतेसम्म संचालन हुने “भूतपुर्व सैनिक सम्मेलन (सुदुर पश्चिम) २०७०” को तयारी भईरहेको छ । उक्त तयारीको बलाध्यक्ष रथी श्री प्रदिप बिक्रम राणाले हिजो मिति २०७० माघ २४ गते पूर्व निरिक्षण समेत गर्नुभएको थियो ।