प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.संग भारतीय नेपाली सेना भू.पु. सैनिक सम्मेलन (सुदूर पश्चिम)–२०७० आजबाट धनगढीमा शुभारम्भ

नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा  मिति २०७० माघ २७ गतेदेखि २०७० माघ २९ गतेसम्म संचालन हुने भू.पु. सैनिक सम्मेलन (सुदूर पश्चिम)–२०७० आजबाट सुरु भएको छ । 
२. उक्त कार्यक्रममा आज नेपाली सेना, नेपाली सेनाको कल्याणकारी गतिविधि तथा नेपाली सेना कल्याणकारी बोर्ड सम्बन्धमा विभिन्न प्रस्तुतीकरणहरु, सहभागी भुतपूर्व सैनिकहरुसंग अन्तरक्रिया तथा छलफल तथा नेपाली सेना सम्बन्धी बृत्तचित्र समेत प्रदर्शन गरिएको थियो । सम्मेलनको साथसाथै सो स्थानमा घुम्ति स्वास्थ्य शिविर सञ्चालन भईरहेको छ ।  
३. उक्त स्वास्थ शिविरमा आज भूतपुर्व सैनिक १६० जना, सैनिकका परिवारहरु २४८ जना, वहालवाला सैनिक २० जना, गैह्रसैनिक १ जना गरी जम्मा ४२९ जना गरी हालसम्म भूतपुर्व सैनिक ४७३ जना, सैनिकका परिवारहरु १०३१ जना, वहालवाला सैनिक ६६ जना र  गैह्रसैनिक १९ जना गरी कुल जम्मा १५८९ जनाले स्वास्थ्य परिक्षण सुविधा प्राप्त गरि सकेका छन् । स्वास्थ्य परिक्षण गराएका मध्ये १३ जनाको मेजर अप्रेशन तथा ३२ जनाको माईनर अप्रेसन समेत भएको छ ।