नेपाली सेना भू.पु. सैनिक सम्मेलन (सुदूर पश्चिम)–२०७० जारी

१. नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा  मिति २०७० माघ २७ गतेबाट संचालन भएको भू.पु. सैनिक सम्मेलन (सुदूर पश्चिम) २०७० आज मिति २०७० माघ २८ गते पनि संचालन भईरहेको छ । 
२. उक्त कार्यक्रममा आज नेपाली सेना कल्याणकारी वोर्डमार्फत सम्मेलनमा सहभागी नेपाली सेनाका भू्.पु. सैनिकहरुलाई लघुवित्त योजना सम्वन्धि विस्तृत रुपमा जानकारी गराईएको छ । यस क्रममा उक्त योजनामा सहभागी हुन ईच्छुक ५२० जना भूतपूर्व सैनिकहरुले सहुलियत ब्याजदरमा ऋणको लागी आवेदन फारम बुझाएका छन् । लघुवित्त योजना, लघु उद्यम सञ्चालन गर्न ईच्छुक भूतपूर्व सैनिकहरुलाई न्युनतम ब्याजदरमा ऋण दिने योजना अनुसार नेपाली सेना कल्याणकारी वोर्डको समन्वयमा नेपाल ईन्भेष्टमेन्ट बैंक मार्फत सञ्चालन गर्न लागीएको हो । सोहि क्रममा सहभागी भूतपूर्व सैनिकहरुसंग कल्याणकारी कोषको रकमको प्रभावकारी प्रयोग तथा प्रयोगकर्ताहरुको घरदैलोसम्म सेवा सुविधा पु¥याउने विषयमा राय सुझाव संकलन गर्ने कार्य समेत सम्पन्न भएको छ । यस सम्मेलनमा सहभागी हुन आएका भू.पु. सैनिकहरुले अत्यन्त लाभान्वित भएको महशुस गर्नुका साथै यस कार्यलाई अत्यन्त सकारात्मक रुपमा लिएको पाईएको छ । 
३. यसैगरी आजै भूतपूर्व सैनिकहरुको सम्मानमा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरीएको छ । सुदुरपश्चिमाञ्चल क्षेत्रका प्रचलित संस्कृती झल्कने खालको विविध गीत, संगित, तथा नृत्य प्रस्तुत गरीएको सांस्कृतिक कार्यक्रम सदुरपश्चिम पृतनापति उपरथी श्री हेमन्तराज कु“वरको आतिथ्यमा सम्पन्न भएको हो । सम्मेलनको साथसाथै सो स्थानमा स्वास्थ्य शिविर समेत सञ्चालन भईरहेको छ ।