“सेना दिवस २०७०” को उपलक्ष्यमा त्रिभुवन आर्मी अफिसर्स क्लवमा संचालन भईरहेको विभिन्न खेलहरुको फाइनल संस्करण सुरु

१. “सेना दिवस २०७०” को उपलक्ष्यमा संचालन भईरहेको अन्तर सदस्य खेलकुद प्रतियोगिता–२०७० अन्तर्गत आज मिति २०७० माघ २९ गते सम्पन्न प्रतियोगिताको फाइनल खेलको टेनिस भेट्रान एकल तर्फ उ.र. भिक्टर ज.ब.रा. प्रथम तथा स.र. प्रकाशसिंह बोगटी द्धितिय हुनु भएको छ । उक्त प्रतियोगिता अन्तर्गत संचालित स्नुकर खेलतर्फ प्रा.म.से. रामधर सिंह प्रथम तथा सदस्य किशोरजंग थापा द्धितिय हुनु भएको छ । यसैगरी, विलियर्ड खेल तर्फ उ.र. विजय मोक्तान प्रथम तथा अ.प्रा.स.र. भरत रायमाझी द्धितिय हुनु भएको छ ।
२. उक्त खेलकुद प्रतियोगिता अन्तर्गत मिति २०७० फाल्गुन १ र २ गते हुने खेलहरुमा टेनिस खुला एकलमा म.से. निरन्जन कुमार श्रेष्ठ र सह सेनानी चन्द्र बहादुर थापाबीच प्रतिस्पर्धा हुनेछ भने टेनिस खुला जोडीमा म.से. निरन्जन कुमार श्रेष्ठ र म.से. सागर के.सी.को जोडीसंग अ.प्रा.म.से. प्रदिप शाह र प्र.से. संजयसिंह भण्डारीको जोडीले प्रतिस्पर्धा गर्नु हुनेछ । यसैगरी, सोही खेलकुद प्रतियोगिता अन्तर्गत टेनिस भेट्रान जोडीमा उ.र. विजय मोक्तान र स.र. प्रकाशसिंह बोगटीको जोडीसंग अ.प्रा.म.से. प्रदिप बहादुर शाह र अ.प्रा.सेनानी मोहन अधिकारीको जोडीले प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ ।