“सेना दिवस २०७०” को उपलक्ष्यमा त्रिभुवन आर्मी अफिसर्स क्लवद्धारा आयोजित गल्फ तथा बृज प्रतियोगिता सम्पन्न

१. “सेना दिवस २०७०” को उपलक्ष्यमा त्रिभुवन आर्मी अफिसर्स क्लबद्धारा आज आयोजित गल्फ प्रतियोगितामा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. सहभागी हुनु भएको थियो । उक्त प्रतियोगितामा Overall Winner स.र. गणेश बहादुर भण्डारी, Gross Winner प्रा.म.से. कमाल सिंह प्रधान, First Runner Up मा अ.प्रा.रथी चित्र बहादुर गुरुङ्ग र Second Runner Up अ.प्रा.उ.र. किरण शम्शेर थापा हुनु भएको थियो । 
२. सोही उपलक्ष्यमा त्रिभुवन आर्मी अफिसर्स क्लबमा मिति २०७० फाल्गुन ३ गते भएको बृज प्रतियोगितामा अ.प्रा.उ.र. शिवराम प्रधान प्रथम र अ.प्रा.स.र. गोपालसिंह बोहरा द्धितिय हुनु भएको थियो । उक्त प्रतियोगिताका विजयी प्रतियोगिहरुलाई आगामी फाल्गुन १२ गते सैनिक मञ्चमा पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ ।