सि.सं.२० कमाण्ड तथा स्टाफ तालिमको दिक्षान्त समारोह सम्पन्न

१. आज मिति २०७० फाल्गुन ८ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को प्रमुख आतिथ्यमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सि.सं.२० कमाण्ड तथा स्टाफ तालिमको एक विशेष समारोहका वीच दिक्षान्त समारोह सम्पन्न भएको छ ।
२. उक्त तालिममा नेपाली सेनाका सेनानीहरु ३० जना, सशस्त्र प्रहरी बलका नायव उपरिक्षकहरु २ जना, नेपाल प्रहरीका नायव उपरिक्षक १ जना र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत १ जना सहभागी हुनुहुन्थ्यो । मित्रराष्ट्र बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका, संयुक्त अधिराज्य बेलायत, अमेरिका, मलेशियाबाट १÷१ जना र चीनबाट २ जना गरि जम्मा ९ जना बिदेशी शिक्षार्थीहरु सहित कुल ४३ जना शिक्षार्थी अधिकृतहरु आज दिक्षित हुनु भएको थियो ।
३. उक्त तालिमको  Masters in Strategic Studies (MSS) Programme मा ४२ जना शिक्षार्थीहरु उत्तीर्ण हुनु भएको छ । MSS Programme तर्फ नेपाली सेनाका सेनानी सुनिल सुवेदी प्रथम हुनु भएको छ भने समग्र तालिममा पनि नेपाली सेनाका सेनानी सुनिल सुवेदी नै प्रथम हुनु भएको छ । MSS को अध्ययनमा आवश्यक पर्ने Thesis Work अर्थात Commandant"s Paper तर्फ नेपाली सेनाका सेनानी मदनजंग कार्की प्रथम हुनु भएको छ ।
४. उक्त दिक्षान्त समारोहमा प्रधानसेनापति महारथी श्री ज.ब.रा.ले कमाण्ड तथा स्टाफ तालिममा सर्वप्रथम हुनु हुने नेपाली सेनाका सेनानी सुनिल सुवेदीलाई "psc" (Passed Staff College) प्रमाण(पत्र तथा “उत्कृष्ट शिक्षार्थी पुरस्कार” (Best Student Award) प्रदान गर्नु हुदै दिक्षित हुनु भएका ४३ जना शिक्षार्थी अधिकृतहरुलाई "psc" प्रमाण(पत्र वितरण गर्नु भएको थियो । यसै गरि त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. हिराबहादुर महर्जनले MSS Programme  तर्फ सर्वप्रथम हुनु हुने शिक्षार्थी सहित ४२ जना उत्तीर्ण स्वदेशी तथा विदेशी शिक्षार्थी अधिकृतहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो । कलेजका निमित्त शिक्षाधिकृत सहायक रथी श्री पूर्ण बहादुर सिलवालले सोधपत्रमा प्रथम स्थान हासिल गर्ने शिक्षार्थीलाई सैनिक कमाण्ड तथा स्टाफ कलेजको प्रतिक तथा नगद पुरस्कार प्रदान गर्नु भएको थियो । 
५. प्रधानसेनापति महारथी श्री ज.ब.रा.ले उक्त दिक्षान्त समारोहलाई सम्वोधन गर्ने क्रममा रणनैतिक स्थिती निरन्तर एक प्रवाहबाट गुज्रिरहेको हुन्छ तसर्थः आजका दिनमा जातीय, धार्मिक, पृथकताबादी, विद्रोह, आमहड्ताल र आतंकबाद जस्ता कुराहरुले सुरक्षा खतराहरुलाई दिनानुदिन चूनौतिपूर्ण बनाउदै लगेका छन् । जसका कारणले वातावरणको क्षयिकरण, अनियन्त्रित बसाईसराई, शरणार्थी समस्या एवं विपद्हरुलाई निम्त्याईरहेको हुन्छ । यिनै विश्वव्यापी सुरक्षा सरोकारहरु जस्तै समस्याहरुबाट नेपाल पनि गुज्रिरहेको छ । तसर्थः ति कुराहरु तर्फ सजग रही राष्ट्रिय सुरक्षालाई मजबुत बनाउनेतर्फ सबैको ध्यान जानु जरुरी छ । राष्ट्रिय सुरक्षा संयन्त्रको दृष्टिकोणले नेपाली सेना एक प्रमुख सुरक्षा संयन्त्र हो । तसर्थः यसले हरदम राष्ट्रिय चूनौतिसंग सामना गर्नको लागि तयारी हालतमा रहनुपर्दछ । समयसापेक्ष सुरक्षा चूनौतिहरुलाई सामना गर्न परम्परागत शैलीले मात्र नपुग्ने हुँदा नियन्त्रण र सुपरिबेक्षणमा मात्र सिमित नरही एउटा व्यवहारिक, गतिशिल र प्रभावकारी सुरक्षा संयन्त्रको परिकल्पनालाई साकार पार्न सबै क्षेत्रबाट सहयोग हुनुपर्ने कुरामा प्रकाश पार्नु भएको थियो ।
६. त्यसैगरी सो अवसरमा प्रधानसेनापति श्री राणाले सेनाको सुधारका पक्षलाई हेर्दा सेनाले कसरी काम गर्नुपदर्छ, सेनाको जिम्मेवारी र सेनाले गर्ने कामको व्याख्यामा मात्र सिमित नरही सेनाको सैनिक कारवाहीको तयारी, आधुनिकिकरण र सांगठनिक पुनःढाचाहरु जस्ता कुराहरुलाई समय सापेक्ष रुपमा समेट्दै राष्ट्रिय सुरक्षा रणनीतिमा द्विविधा नहुने गरी राष्ट्रिय सुरक्षा नीतिको व्याख्या पूर्ण संविधान प्राप्त भएपछि मात्र सम्भव हुने कुरा बताउनु भयो । नेपाली सेनाले  विभिन्न श्रोत र साधनको कमीको बावजुद राज्यको एक भरपर्दो सुरक्षा संयन्त्रको हैसियतले यसलाई प्राप्त जिम्मेवारी विश्वसनीय र भरपर्दो तरिकाले सम्पादन गर्दै आएको कुरा जगजाहेर नै छ । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन गैह्र राजनैतिक छवीको यस संस्थाले पूर्व लडाकुहरुलाई नेपाली सेनामा समायोजन गरी महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । दोस्रो संविधानसभा निर्वाचनमा राज्यबाट प्राप्त जिम्मेवारीलाई निष्पक्ष र कुशलतापूर्वक सम्पन्न गरी नयाँ संविधान बनाउने उपयुक्त वातावरण श्रृजना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै राष्ट्रको विकास, पर्यावरणीय सुरक्षा र विपद् व्यवस्थापनमा सरकारी संयन्त्रलाई सहयोग गर्न कुनै कसर बांकी राखेको छैन । 
७. सोही अवसरमा प्रधानसेनापति श्री राणाले अन्तर्राष्ट्रिय माग बमोजिम विश्व शान्तिको खातिर आप्mनो क्षमता र काम गर्ने शैलीलाई परिमार्जन र उत्कृष्ट बनाउँदै शान्ति सेनामा प्राप्त बहुआयामिक जिम्मेवारीहरु उच्च स्तरमा सम्पादन गर्दै आईरहेको छ । यिनै परिवर्तित विभिन्न जिम्मेवारी वहन गर्न सक्ने सबै तहका सैनिक अधिकृतहरुको क्षमता र तीनको दक्षतालाई हेरी बृत्ति विकास र पदोन्नतीमा प्राथमिकता दिदै उच्च मनोवल र नैतिक शाहस भएको सैनिक नेतृत्वको विकास गर्न जोड दिईएको छ ।  यिनै पेशागत गुण, क्षमता, मुल्य र चरित्र विकास गर्न सैनिक कमाण्ड तथा स्टाफ कलेजले मध्यमस्तरिय अधिकृतहरुलाई यस तालिम संचालन गरी नेपाली सेनाको समग्र क्षमता अभिबृद्धि गर्न विशेष योगदान पु¥याएको कुरा बताउनु भयो । साथै सो अवसरमा यस तालिम संचालन गर्न सहयोग पु¥याउने सैनिक अधिकृत, गैह्र सैनिक र प्राज्ञिक व्यक्तित्व लगायत त्रिभुवन विश्व विद्यालयले पु¥याएको सहयोग प्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । उक्त दिक्षान्त समारोहका अवसरमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका निमित्त शिक्षाधिकृत सहायक रथी श्री पुर्ण बहादुर सिलवालले स्वागत मन्तव्य दिनु भएको थियो । 
८. उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति, कन्ट्रोलर तथा मानविकि तथा समाजशास्त्र संकायका डिन, बरिष्ठ प्राध्यापकहरु, विदेशी महामहिम राजदुतहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक, नेपाली सेनाका अवकाश प्राप्त तथा सेवारत रथीबृन्दहरु, स्टाफ कलेजका पूर्व कमाण्डाण्टहरु, विदेशी सैनिक सहचारीहरुका साथै शिक्षार्थी अधिकृतका परिवारजनहरुको समेत उपस्थिती रहेको थियो ।