नेपाल र अमेरिकी सैनिक व्याण्डद्वारा ‘संयुक्त सांगितिक कार्यक्रम’ प्रस्तुत

१.    नेपाली सेनाको व्याण्ड र अमेरिकी सेनाको 3rd Marine Expeditionary Force Band द्वारा संयुक्त रुपमा मिति २०७० फाल्गुन १० गते त्रिभुवन आर्मी अफिसर्स क्लवको सभामण्डप हलमा ‘संयुक्त सांगितिक कार्यक्रम’ सम्पन्न भएको थियो ।
२.    प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.को प्रमुख आतिथ्यमा सम्पन्न उक्त Joint Band Concert and Display प्रर्दशन मा दुवै सेनाका व्याण्ड टुकडीले संयुक्त रुपमा दुवै देशका विभिन्न राष्ट्रिय एवं लोकप्रिय धुनहरु प्रस्तुत गरेका थिए । उक्त अवसरमा अमेरिकाका महामहिम Mr. Peter W. Bodde को पनि उपस्थित थियो ।
३.    सोहि अवसरमा प्रधासेनापति श्री राणाले महा सेनानी आनन्द अधिकारीद्वारा रचित “सदा स्वतन्त्र हाम्रो देश” र प्रमुख सेनानी गौरव गुरुङ्गद्वारा रचित “एकताका प्रतिक नेपाली सेना” नामक दुई वटा देशभक्तिपूर्ण गानहरुको समेत विमोचन गर्नु भएको थियो ।
४.    उक्त कार्यक्रममा अमेरिकी राजदूतावासका पदाधिकारीहरु, नेपाली सेनाका रथीबृन्द, अधिकृतहरु तथा सकल दर्जाको समेत उपस्थिती रहेको थियो ।
५.    यस किसिमका द्विपक्षिय सैनिक गतिविधिले दुई देशका सेना वीच रहदै आएको सम्बन्धलाई अझ प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।