पृतनापति सम्मेलन २०७० को शुभारम्भ

१.    आज मिति २०७० फाल्गुन ११ गतेबाट जंगी अड्डामा नेपाली सेनाको पृतनापति सम्मेलन २०७० सुरु भएको छ ।
२.    मिति २०७० फाल्गुन १२ गते सम्म सञ्चालन हुने पृतनापति सम्मेलन २०७० मा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को समुपस्थितीमा बलाधिकृत रथी श्री पवन बहादुर पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
३.     प्रत्येक वर्ष नियमित कार्यक्रम अनुसार सञ्चालन हुंदै आएको पृतनापति सम्मेलन यस वर्ष “सेना दिवस २०७०” को अवसरमा सञ्चालन गरिएको छ । उक्त सम्मेलनमा पृतनापति लगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरुको उपस्थिति रहेको छ ।
४.    यस सम्मेलनको संचालनले नेपाली सेनाको सबै तहको अप्रेशनल गतिविधि तथा त्यसको पुनरावलोकन, तालिम, बन्दोबस्ती एवं कल्याणकारी योजना सम्बन्धि समिक्षा एवं भावी योजनाका सम्बन्धमा छलफल गरी राष्ट्रिय सुरक्षाका विषयहरुलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।