“पृतनापति सम्मेलन २०७०” को सम्पन्न

१.    प्रत्येक वर्ष नियमित कार्यक्रम तालिका अनुसार सेना दिवसको अवसरमा संचालन हुंदै आएको “पृतनापति सम्मेलन २०७०” मिति २०७० फाल्गुन ११ गतेबाट सुरु भई आज मिति २०७० फाल्गुन १२ गते अपरान्ह जंगी अड्डामा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले समापन गर्नु भएको छ ।
२.    समापनको क्रममा मन्तव्य व्यक्त गर्नुहुँदै प्रधानसेनापति श्री राणाले देशको विद्यमान बस्तुस्थितीको विश्लेषण लगायत नेपाली सेनाको आन्तरिक व्यवस्थापनसंग सम्बन्धित
विषयबस्तुहरुस तालिम, बन्दोबस्ती, बृत्ति विकास, सांगठनिक संरचना, कल्याणकारी व्यवस्था तथा नागरिक सैनिक सम्बन्धका विषयमा प्रस्तुतीकरण र छलफल उपयोगी भएको बताउनु भयो । कुनै पनि सेनाको अप्रेशनल काम कारवाही मुख्यतः बन्दोबस्ती प्रणालीमा नै निर्भर रहेको हुन्छ । तसर्थ हाम्रो जस्तो सिमित श्रोत साधनयुक्त सेनामा झनै श्रोत साधनको उचित व्यवस्थापन तथा बन्दोवस्ती प्रणालीमा मौलिक सोचाई हुनु नितान्त आवश्यक रहेको कुरामा जोड दिनुभयो ।
३.    उपलव्ध श्रोतसाधनको अधिकत्तम प्रयोगमा ध्यान दिदै बस्तुगत आधारमा पुरस्कार र दण्ड (Reward and Punishment) को नीतिलाई कडाईका साथ लागु गरी राम्रो कामलाई प्रोत्साहन दिन सबै तहका कमाण्डरहरुलाई निर्देशन दिनु भएको छ । आजको बदलिदो परिस्थितीमा नागरिक–सैनिक सम्बन्धमा विशेष जोड दिदै सैनिक र नागरिकहरुले एक अर्कालाई प्रतिष्पर्धी भन्दा पनि परिपुरकको रुपमा लिदै सार्थक परिणाम प्राप्त गर्न सद्भाव, समझ्दारी एवं एक अर्काको आवश्यकता, क्षमता र कठिनाईहरुलाई बुभ्mनु बुझाउनु जरुरी भएको कुरामा जोड दिनुभएको छ ।
४.    समापनको अन्त्यमा राष्ट्रिय अखण्डता, स्वाधिनता र एकताको रक्षा गर्ने दायित्व बोकेको नेपाली सेना आफुलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न हरहमेशा तयार एवं सक्षम रहेको छ भन्ने बताउँदै सेनाको उच्चत्तम तहमा पेशागत क्षमतालाई हेर्ने र बुभ्mने दृष्टिकोणमा एकरुपता (Common Understanding) ल्याउन यस सम्मेलनले मद्धत पु¥याएको कुरा व्यक्त गर्नुहुँदै कार्यक्रमलाई सफल पार्न सहयोग पु¥याउने सबैलाई धन्यवाद दिदै उक्त सम्मेलनको अन्त्य गर्नु भएको थियो ।
५.    सम्मेलनमा पृतनापति लगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।