सेना दिवसको कार्यक्रम सम्बन्धि जानकारी

महाशिवरात्री तथा सेना दिवसको अवसरमा सैनिक मञ्च टुडिखेलमा सदा झैं अपरान्ह संचालन गरिदै आएको शिवरात्री परेड तथा सेना दिवस कार्यक्रम यस बर्ष साँझ १७५५ बजेबाट तोप बढाइँ कवाज, आतसवाजी लगायतका विविध कार्यक्रमहरु समाबेश गरी आयोजना गर्न लागिएको हुँदा सर्वसाधारण लगायत सम्बन्धित सबैमा जानकारी गराईन्छ ।