नेपाली सेनामा व्यवसायीक तालिम इन्ष्टिच्युट (Vocational Training Institute) को सुरु

१. नेपाली सेनाद्वारा “महाशिवरात्री तथा सेना दिवस २०७०” को शुभ अवसरमा त्रिपुरेश्वरमा सैनिक कल्याणकारी कोष मार्फत नव निर्मित व्यवसायीक तालिम ईन्ष्टिच्युट (Vocational Training Institute) को आज मिति २०७० फाल्गुन १३ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.ले एक विशेष कार्यक्रमका वीच समुद्घाटन गर्नुभयो । 
२.   आप्mनो जीवनको सुवर्ण समय सैनिक सेवामा समर्पित गरेर अवकाश भई जाने संघारमा रहेका सकल दर्जाहरुलाई अवकाश पछिको जीवनलाई सहज, व्यवस्थीत र समृद्ध बनाई पठाउन सकेमा सबैको भलो हुनेछ । तसर्थः प्राविधिक शीपमूलक व्यवसायीक तालिम दिई एक दक्ष जनशक्तिको रुपमा परिणत गरी पठाउँदा अवकाश प्राप्त भई जाने व्यक्तिहरुले आगामी जीवनमा आय आर्जन गरी आफु र आप्mनो परिवारलाई समृद्ध बनाउनुका साथै राष्ट्रिय उत्पादनमा समेत टेवा पु¥याउन सक्ने देखिन्छ । तिनै वास्तविकतालाई मध्यनजर गर्दै प्रधानसेनापतिज्यूको कमाण्ड मार्ग निर्देशन २०६९ मा अवकाश भई जाने सकल दर्जाहरुलाई सेवा पश्चात समाजमा पुनःस्थापना गराउने उद्देश्यले शीप एवं रोजगारमूलक तालिम संचालन गराउने निर्देशन अनुरुप यस तालिम संस्थाको स्थापना भएको छ । यस योजना अनुसार अवकाश भई जाने नेपाली सेनाका सकल दर्जाहरुलाई छ महिना अगाडी ५२० जनाका दरले हरेक चरणमा तालिम दिई बार्षिक १५६० जना दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ यो व्यवसायीक तालिम ईन्ष्टिच्युट स्थापना गरिएको छ । 
३. यस तालिमको पाठ्यक्रमहरु प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (CTEVT) द्वारा स्विकृत मापदण्डको परिधिभित्र रही उच्च स्तरको पाठ्यक्रम तयार गरी बजारमा अधिक माग भएका तथा स्वरोजगार गर्ने क्षेत्रहरु छनौंट गरी स्वदेशी तथा विदेशी तालिम केन्द्रहरुसंग समेत समन्वय गरी समयानुकुल परिमार्जन गर्दै लैजाने योजना रहेको
छ । यस तालिम केन्द्रमा सिभिल÷मेकानिल ईन्जिनियरिङ्ग अन्तरगत मेशन, कार्पेन्टर, 
टायल÷ मार्वल पिटर, प्लम्वर, पेन्टर, विल्डिङ्ग ईलेक्ट्रिसियन, वेल्डर, स्काफोल्डर र अटोमेकानिक्स तालिम संचालन गरिने छन् । यसैगरी हस्पिटालिटी म्यानेजमेण्ट अन्तर्गत जनरल कुक, वार टेण्डर, फष्ट डेष्क सर्भिस र हाउस किपिङ्ग जस्ता प्राविधिक शीपहरु समेत प्रदान गर्ने लक्ष राखिएको छ ।