नेपाली सेनाको नर्सिङ्ग महाविद्यालय राष्ट्रिय स्तरमा सर्वोत्कृष्ट

१.    नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान अन्तर्गत महाँकालस्थित नर्सिङ्ग महाविद्यालय प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (CTEVT) अन्तर्गत सम्बन्धन प्राप्त गरी संचालनमा रहेका शिक्षालयहरु मध्ये स्वास्थ्य कार्यक्रम तर्फ राष्ट्रिय स्तरमा उत्कृष्ट हुन सफल भएको छ ।

२.    उक्त नर्सिङ्ग महाविद्यालयको भौतिक पूर्वाधार, शैक्षिक पठन–पाठनको वातावरण, उच्च व्यवस्थापन, गुणस्तरीय अध्ययन अध्यापन र शिक्षार्थीहरुको अनुशासन लगायत नतिजासमेतको आधारमा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदले उत्कृष्ट घोषणा गर्दै उक्त परिषद्को २६ औं बार्षिकोत्सवको उपलक्ष्यमा सो महाविद्यालयलाई यही फागुन १२ गते सम्मानस्वरुप प्रशंसापत्र प्रदान गरेको छ ।

३.    २०६८ सालमा स्थापित उक्त महाविद्यालयमा पि.सि.एल. नर्सिङ्ग तेस्रो व्याचका १२० जना, वि.एन. नर्सिङ्ग दोस्रो व्याचका ८० जना र वि.एस.सी. नर्सिङ्ग तेस्रो व्याचका ८१ जना समेत २८० जना विद्यार्थीहरु अध्ययनरत छन् ।

४.    नेपाली सेनालाई आवश्यक पर्ने स्वास्थ्यकर्मी उत्पादनको साथै राष्ट्रिय रुपमै दक्ष, अनुशासित र असल स्वास्थ्यकर्मी उत्पादन गर्ने लक्ष राखि स्थापना भएको यस संस्थाले लक्ष अनुरुप छोटो समयमै उत्कृष्ट संस्थाको रुपमा सम्मानित भएकोमा नेपाली सेना गर्व गर्दछ ।