“महा शिवरात्री तथा सेना दिवस २०७०” सम्पन्न

१. आज मिति २०७० फाल्गुन १५ गते टुँडिखेल स्थित सैनिक मञ्चमा विविध रोचक कार्यक्रमहरुका साथ “महा शिवरात्री तथा सेना दिवस २०७०” नेपाली सेनाका परमाधिपति सम्माननीय राष्ट्रपति डा. श्री रामवरण यादवज्यूको प्रमुख आतिथ्यमा भब्यताका साथ सम्पन्न भएको छ ।
२. सेना दिवसको शुभ अवसरमा सम्माननीय राष्ट्रपति डा. श्री रामवरण यादवज्यूले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्नु भई वीर शहिदहरुप्रति श्रद्धान्जली अर्पण गर्नु भएको थियो । श्री नं. १ बाहिनीपतिको नेतृत्वको सैनिक टुकडीले सम्माननीय राष्ट्रपतिज्यूलाई सम्मान गारत सलामी अपर्ण गरेको थियो ।
३. उक्त अवसरमा सैनिक हवाई महानिर्देशनालयले हेलिकप्टरबाट सेना दिवसको व्यानर प्रदर्शन, सबै पृतनाहरुले आप्mनो जिम्मेवारी क्षेत्रको सँस्कृति र भेषभुषा झल्कने नाँच, गण तथा गुल्महरुबाट  मार्च पास्ट कवाज प्रदर्शन, प्यारा तालिम शिक्षालयका अधिकृत तथा जवानहरुले हवाईजहाजबाट फ्रि–फल प्रदर्शन गरेका थिए । सो अवसरमा कवाजले राईफल तथा तोपबाट शिवरात्री बढाइँ समेत गरेका थिए । 
४. उक्त कार्यक्रमको दौरान राष्ट्रप्रेम युक्त गीत सहितको सैनिक अर्केष्ट्राको प्रस्तुति, विभिन्न सैनिक कला प्रदर्शन, मास पि.टि. एवं ट्याटु लगायत विभिन्न रंङ्गीविरङ्गी आतसवाजीको प्रर्दशन समेत भएको थियो । सैनिक व्याण्डका तर्फबाट विभिन्न सांङ्गितिक धुनहरु समेत प्रस्तुत गरिएको थियो । 
५. कार्यक्रमको अन्त्यमा प्रमुख अतिथिज्यूले नेपाली सेनाको वार्षिक प्रकाशन “सिपाही बार्षिक २०७०” को विमोचन गर्नुका साथै फ्रि–फल जम्पमा प्रथम हुने सेनानी धिरन अधिकारी र द्धितिय हुने सु. गजबहादुर गुरुङ्गलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
६. उक्त कार्यक्रममा सम्माननीय उप राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, संविधानसभाका सम्माननीय सभामुख, सम्माननीय का.मु.प्रधानन्यायाधीश, पूर्व प्रधानमन्त्री, माननीय उप प्रधानमन्त्रीहरु, माननीय मन्त्रीगणहरु, विभिन्न संवैधानिक निकायका प्रमुखहरु, नेपाल सरकारका मुख्य सचिव, अन्य सचिवहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु लगायत नेपाल सरकारका अन्य विशिष्ट पदाधिकारीहरु, विभिन्न विदेशी दुतावासका महामहिम राजदुतहरु तथा सैनिक सहचारीहरु, अन्य सुरक्षा निकायका विशिष्ट अतिथीहरु, सञ्चारकर्मीहरु, नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरु, परिवारजन तथा सर्वसाधारणहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।