कैसाङ्ग (मुस्ताङ्ग) मा पैदल यात्रीको उद्धार

१. मनाङ्ग हुंदै मुस्ताङ्गको थोराङ्गपास मुक्तिनाथ जोमसोम तर्फ जांदै गरेको विरगंजका ७ जना युवाहरु सम्मिलित पदयात्री टोलीलाई मुस्ताङ्गस्थित नेपाली सेनाका Alpine Rescuers ले करिव १७००० फिटबाट मिति २०७० फाल्गुन १५ गते उद्धार गरेका छन् ।

२. केही दिन अघिदेखि विरगंज निवासी ७ जना युवाहरु अन्नपुर्ण पदयात्रा मार्गमा पदयात्राका लागि मनाङ्गबाट मुस्ताङ्ग जोमसोमतर्फ हिडेका थिए । मिति २०७० फाल्गुन १४ गते मुस्ताङ्गको  High Camp  बाट जोमसोमतर्फ हिडेका मध्ये २ जना High Altitude  मा हिउंपर्न सुरु भएपछि रातभर त्यही अलपत्र परेका थिए । मिति २०७० फाल्गुन १५ गते मुस्ताङ्गस्थित श्री कालीदत्त गुल्म र उच्च शिखर शिक्षालयलाई जानकारी प्राप्त हुनासाथ उ.से. दिनेश भण्डारीको कमाण्डमा डाक्टर अधिकृत सहित गएको ९ जनाको उद्धार टोलिले ६ जना पैदल यात्रीलाई सकुशल उद्धार गरी जोमसोम ल्याई उपचार गरेको छ । जसमध्ये सन्तोष उपाध्यायलाई हिउंले खाएको(Frost Bite) उपचार गरिएको थियो भने विरगंज निवासी अन्दाजी २२—२४ वर्षिय ऋषि वर्नवारको शवलाई एक्लेभट्टी ईलाकाबाट उद्धार गरी जोमसोमस्थित प्रहरी प्रशासनलाई बुझाईएको छ ।