सेना दिवसको उपलक्ष्यमा सैनिक “वीर स्मारक” छाउनीमा माल्यार्पण तथा हार्दिक श्रद्धाञ्जली

१. महाशिवरात्री तथा सेना दिवस २०७० को शुभ उपलक्ष्यमा छाउनी स्थित “वीर स्मारक” मा आज मिति २०७० फाल्गुन १५ गते विहान प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.ले नेपाल र नेपालीको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र रक्षाको लागि आप्mनो जीवनको आहुती दिने वीर वीरङ्गनाहरु प्रति पुष्पमाला अर्पण गरी श्रद्धाञ्जली अपर्ण गर्नुभयो । 

२. सो अवसरमा एक सैनिक टुकडीले वीर वीरङ्गाना प्रति सम्मानगारत अपर्ण गरेको थियो । उक्त अवसरमा पूर्व प्रधानसेनापतिहरु, रथीबृन्द, पूर्व रथीबृन्दहरु, सेनानी समुह, अवकाश प्राप्त अधिकृतहरु र पदिक तथा अन्यदर्जाहरुको साथै वीरगति प्राप्त गर्ने सैनिकहरुका स्वजनहरुको समेत उपस्थिती रहेको थियो ।